काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि कांग्रेसकी ईश्वरी न्यौपानेलाई सभामुख पदमा निर्वाचित गराउनुपर्ने बताएका छन्।
बिहीबार प्रतिनिधि सभामा सभामुख निर्वाचन चयनको क्रममा सभामुख पदमा सांसद न्यौपानेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमा समर्थन जनाउँदै सांसद ज्वालाले योग्य, सक्षम व्यक्ति न्यौपानेलाई सभामुख बनाउनुपर्ने बताए।
उनले प्रतिनिधि सभाको नेता चयन गर्दा दलीय मान्यताभन्दा माथि उठेर न्यापौनलाई सहयोग गर्न आग्रह गरे।
उनले राष्ट्रिय सहमतिको सरकारको कुरा उठिरहेको अवस्थामा एकताको सन्देश दिनका लागि र राष्ट्रलाई राष्ट्रिय सहमतिको सरकारतर्फ अग्रसर बनाउनका लागि प्रधानमन्त्रीको पार्टीले त गुण तिर्ला भन्ने विश्वास व्यक्त गरे।
ज्वालाले महिलालाई सभामुख बनाउँदा राष्ट्रको शीर उच्च हुने पनि उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।