काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै देशको प्रधानमन्त्रीलाई पिँजडामा राख्ने प्रयास गरेको टिप्पणी गरेका छन्।
उनले आफूहरुको दाबी राष्ट्रपतिमा भएकोतर्फ संकेत गर्दै प्रतिनिधि सभाको पहिलो दल भएकाले शीतल निवासमा दाबी गर्नु स्वभाविक भएको बताए। साथै उनले त्यसमा कसैलका लागि माछा र कसैका लागि ढोक्सा थापेको आरोप लगाउन आवश्यक नहुने टिप्पणी गरे।
माछा र ढोक्साको कथा हालेर आफ्नै जिल्लामा नेताले भनेको कुरामा जवाफ दिनुपर्ने भन्दै शर्माले केही दिनअघि संसद्मा विश्वासको मत लिँदा कांग्रेसले माछाका लागि ढोक्सा थामेको हो भने सफल नहुने भनि गरेको टिप्पणीमा जवाफ दिए।
ईश्वरी न्यौपानेलाई सभामुखमा निर्वाचित गरियोस् भन्दै गरेको प्रस्तावमा बोल्दै उनले ओलीलाई संविधानले नचिनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुँदै प्रधानमन्त्रीलाई पिँजडामा राख्ने प्रयास भएको दाबी गरेका छन्।
उनले आफूहरुले ढोक्सा नथापेको दाबी गर्दै माछा र ढोक्सा हालेर प्रधानमन्त्रीमाथि कसिलो पिँजडा नबनाउन चेतावनी दिए। ‘आफू प्रधानमन्त्री भएको बेलामा सँगैको मित्रले उच्चस्तरीय संयन्त्र बनाउनभन्दा संविधानले नचिनेको नबनाउँ भन्ने तर अहिले सँगैको मित्र प्रधानमन्त्री हुँदा संविधानले नचिनेको उच्चस्तरीय संयन्त्र बनाउन हामीले ढोक्सा थाप्नेभन्दा देशको प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजेको संज्ञा दिन चाहन्छु,’ शर्माले भने, ‘शितल निवासमा दाबी गर्दैमा कसैले झस्कनु पर्दैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।