काठमाडौं– प्रतिनिधि सभाको सभामुखका लागि आज (बिहीबार) निर्वाचन हुँदैछ। जसका लागि अहिले संदस् बैठक जारी छ।
सभामुखका लागि दुई सांसदको उम्मेदवारी दर्ता भएको छ। एमालेबाट देवराज घिमिरे र कांग्रेसबाट ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गराएका हुन्।
घिमिरेका प्रस्तावक सुवास नेम्वाङ र समर्थकहरु हितराज पाण्डे, राजेन्द्र लिङ्देन र रवि लामिछाने छन्। त्यस्तै, न्यौपानेको प्रस्तावक विश्वप्रकाश शर्मा र समर्थक प्रकाश ज्वाला छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।