काठमाडौं– हत्या अभियोग लागेका लक्ष्मी महतो कोइरीतर्फ लक्षित गर्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रश्न उठाएका छन्।
बिहीबारको प्रतिनिधि सभामा सभामुखको निर्वाचन प्रक्रिया सुरु हुनुअघि कोइरीले मतदानमा भाग लिन पाउने वा नपाउने निर्णय गर्न गृहमन्त्रीलाई आग्रह गरेका हुन्।
‘अहिले सभामुखको निर्वाचन हुँदैछ। आज सभामुखको निर्वाचन हुने बेलामा यस संसद्मा हत्याको अभियोग लागेका संसदहरु पनि भित्र छन् भन्ने सुनिन आएको छ। म गृहमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छौँ, हामी चिन्दैनौँ उहाँलाई, यहाँ हुनुहुन्छ कि हुनुहुन्न। यदि हुनुहुन्छ भने उहाँको मतदान प्रक्रियामा भाग लिन पाउने नपाउने त्यो निर्णय गरेर मात्रै सभा सञ्चालन गरियोस् भन्ने अनुरोध गर्न चाहन्छौँ,’ खतिवडाले भने।
कोइरीलाई पक्राउ गर्न यसअघि नै गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएको समाचार सार्वजनिक भएको थियो। तर उनी प्रक्राउ परेका छैनन्।
सभामुखका लागि एमालेका देवराज घिमिरे र कांग्रेसका ईश्वरी न्यौपाने प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।