काठमाडौं– लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदैछन्। बिहीबार दिउँसो बुस्ने प्रदेश सभाको चौथो बैठकमा उनले विश्वासको मत लिँदैछन्।
उनी पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। प्रदेश सभाका सात दलका ५६ जना र दुई जना स्वतन्त्र गरी ५८ सांसदको उनलाई समर्थन थियो।
संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जसपाका तीन, जनमत पार्टीका तीन जना, लोकतान्त्रिक समाजवादी पार्टीका तीन जना र स्वतन्त्र दुई जनाको समर्थन छ। ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सीट आवश्यक रहेकोमा सत्तापक्षको स्पष्ट बहुमत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।