काठमाडौं– हिमालय एयरलाइन्सले काठमाडौं–बेइजिङ–काठमाडौं उडान पुनः सुरु गरेको छ।
हिमालयले मंगलबारदेखि चीनको राजधानी बेइजिङमा उडान सुरु गरेको हो। बेइजिङ तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा हप्तामा एकपटक उडान गर्ने एयरलाइन्सले मंगलबार विज्ञप्ति जारी गर्दै जनाएको छ।
एयरलाइन्सको पहिलो उडान मंगलबार एच नाइन ६६५ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु गरेको थियो। स्थानीय समयअनुसार बिहानको १० बजेर ४१ मिनेटमा प्रस्थान गरेको हो।
त्यस्तै बेइजिङ इसक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा बेलुका ५ बजेर ४ मिनेटमा अवतरण गरेको विज्ञप्तिमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।