काठमाडौं– नेपाल टेलिकमको मोबाइल र टेलिफोन सेवामा आएको प्राविधिक समस्याप्रति आफ्ना ग्राहकहरूलाई क्षमा मागेको छ।
प्रवक्ता शोभन अधिकारीले हालै एक विज्ञप्ति जारी गर्दै मंगलबार करिब १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आई छोटो अवधिका लागि मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुन गएकोमा क्षमा मागेका हुन्।
आएको समस्या कम्पनीका प्राविधिकहरूबाट तत्काल समाधान गरिएकोउल्लेख गर्दै टेलिकमले भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कम्पनीले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहने प्रतिबद्धता जनाएको छ।
सेवाग्राहीलाई अविच्छिन्न, निर्वाध गुणस्तरीय दूरसञ्चार सेवाहरू प्रवाह गर्न कम्पनी सदा प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
‘साथै मोबाइल, टेलिफोन तथा कम्पनीका अन्य सेवाहरूमा कुनै समस्या आएमा १४९८ र १९८ मा सम्पर्क गरी समाधानका लागि पहल गर्न पनि कम्पनी सम्पूर्ण ग्राहक महानुभावहरूमा अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।