• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

स्पष्ट बहुमतमा रहेको सत्तारुढ गठबन्धनबाट कांग्रेसले सभामुख फुत्काउन सक्ला?

64x64
नेपाल लाइभ बुधबार, माघ ४, २०७९  २०:३३
1140x725

काठमाडौं– सभामुखका लागि सत्ता साझेदार दल र प्रमुख प्रतिपक्ष दल दुवैले उम्मेदवारी दिएका छन्। संसद् सचिवालयका अनुसार सभामुख पदका लागि सत्तारुढ दलहरूमध्ये एमालेका तर्फबाट देवराज घिमिरे र नेपाली कांग्रेसको तर्फबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएका हुन्।

एमालेको तर्फबाट सभामुख उम्मेदवार बनेका घिमिरेको प्रस्तावकमा एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ छन्। समर्थकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने छन्।

यसैगरी, कांग्रेसका सभामुख उम्मेदवार न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र सर्मथकमा एकिकृत समाजवादीका प्रकाश ज्वाला छन्। 

एमाले र कांग्रेस दुवै अन्य दलहरूको आडमा सभामुखमा प्रतिष्पर्धा गरिरहेकका हुन्।  पुस १० मा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्दा नै पदीय भागबन्डा भइसकेको छ। जसअनुसार एमालेले सभामुख र राष्ट्रपति, रास्वपाले उपसभामुख र माओवादी केन्द्रले उपराष्ट्रपति पाउनेछन्। 

प्रतिनिधि सभाबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै गर्दा नेपाली काग्रेससँग पनि विश्वासको मत माग्न पुगे। प्रचण्डलाई कांग्रेसले विश्वासको मत पनि दिएको छ। त्यसले राजनीतिक वृत्तमा तरङ्ग ल्यायो। एमालेले त्यसप्रति सशंकित हुँदै सभामुख र राष्ट्रपतिको बारेमा भइसकेको सहमतिमा कांग्रेसले खेल्न खोजेको आरोप लगायो। कतिपय कांग्रेसकै नेताहरूले समेत सभामुख र राष्ट्रपति निर्वाचनमा आफनो स्पेश बनाउनकै लागि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दाबी गरे। 

सभामुखको उम्मेदवारी दर्तापछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरू कुरा गर्दै कांग्रेसले सिफारस गरेको व्यक्ति अबको राष्ट्रपति बन्ने दाबी गरेका छन्। बिहीबार हुने सभामुख निर्वाचनलगत्तै यही हप्ताभित्र उपसभामुखको निर्वाचन पनि हुनेछ। त्यसपछि माघ मसान्तभित्र राष्ट्रपति निर्वाचन गर्ने तयारी अघि बढ्नेछ। 

त्यसकारण बुधबार भएको सभामुखको उम्मेदवारी दर्ता र बिहीबारको सभामुख निर्वाचनलाई राष्ट्रपति निर्वाचनसँग पनि जोडिएको छ। सभामुख पदको उम्मेदवारी दर्तापछि एमालेका नेता देवराज घिमिरेले आफ्नो जित सुनिश्चत रहेको दाबी गरे। घिमिरेले सत्तारुढ दलको प्रष्ट बहुमत रहेको बताउँदै सभामुखको निर्वाचनमा सहज जित हुने दाबी गरे।

यता, कांग्रेसका सभामुख उम्मदेवार न्यौपानेले पनि आफू जित नजिक रहेको दाबी गरेकी छिन्। न्यौपानेको उम्मेदवारी दर्ताअघि कांग्रेस सभापति शेरबहादुर देउवाले सिंहदरबारमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रान्जिता श्रेष्ठसँग छलफल गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

देउवाले सभामुखको उम्मेदवारीअघि आफ्नो निवासमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपा अध्यक्ष यादवसँग पनि छलफल गरेका थिए। देउवालाई बुधबार बिहान प्रधानमन्त्री प्रचण्डले समेत फोन गरेर सभामुख निर्वाचनका बारेमा कुरा गरेका थिए। यद्यपि, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे एमालेका सभामुख उम्मेदवारका समर्थक बसेका छन्। 

माओवादीले सहयोग गर्नसक्ने झिनो आशासहित नेपाली कांग्रेसले सरकार बाहिर रहेका दलहरूलाई सभामुख निर्वाचनमा आफूसँग ल्याउने प्रयास गरेको छ। सरकारमा रहेका माओवादी केन्द्र, एमाले, रास्वपा र राप्रपा मात्रै एक ठाउँमा उभिदा स्पष्ट बहुमत पुगेको छ।

सरकारलाई समर्थन दिएका कांग्रेसबाहेकका तीन दल असन्तुष्ट हुँदाहुँदै पनि मंगलबार मन्त्रीमण्डल विस्तार गरिएको छ। मन्त्रीमण्डल विस्तारमा सन्तुष्ट दलहरूकै सांसद् संख्या १४५ पुग्छ। बहुमतका लागि १३८ जना सांसद् भए पुग्छ। यी चार दल एक ठाउँ उभिदा समेत घिमिरेको जित निश्चित छ। 

तर, नेपाली कांग्रेसका उम्मेदवार न्यौपानेको समर्थनमा कांग्रेस र एकीकृत समाजवादी बाहेकका अन्य दलहरू प्रष्ट खुलेको छैनन्। संसद्‌मा नेपाली कांग्रेसमा ८९ सासंद छन् भने एकीकृत समाजवादीसँग १० सांसद छन्। १२ सांसद रहेको जसपाले सभामुखका विष्यमा बिहीबार मात्रै निर्णय गर्ने जनाएको छ। बुधबार बसेको जसपा संसदीय दलको बैठकले सभामुखमा कसलाई सघाउने भन्ने बारेमा बिहीबार मात्र निर्णय लिने निष्कर्ष निकालेको संसदीय दलका नेता रामसहाय यादवले जानकारी दिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लोसपा, नागरिक उन्मुक्ति पार्टीले पनि बुधबार साँझसम्म सभामुखमा कता खुल्ने भन्ने निर्णय गरिसकेका छैनन्। यी सबै पार्टीले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत हालेका थिए। तर, कांग्रेस स्वयंले विश्वासको मत प्रधानमन्त्रीलाई दिएर बिगार्न खोजेको गठबन्धनको हिसाबमा अपेक्षित नतिजा हासिल हुने सम्भावना देखिँदैन। 

सरकारको समीकरणबाहिर रहेका कांग्रेस, एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी एक ठाउँमा उभिदा समेत बहुमत पुग्दैन। यी दलहरूको सांसद संख्या १ सय १९ पुग्ने देखिन्छ। संसद्‌मा राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीको पनि एक–एक सांसद् छन् र स्वतन्त्र तीन जना सांसद छन्। यी सबै एकतिर हुँदा समेत सत्तापक्षलाई नै बहुमत पुग्छ। 

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  २०:३३
  • #सभामुख
  • #सभामुख–निर्वाचन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्