काठमाडौं– नेपाली काग्रेसले बिहीबार हुने सभामुखको निर्वाचनमा आफ्नी उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।
प्रमुख सचेतक रमेश लेखकले नेकपा (एमाले)का उम्मेदबार देवराज घिमिरेको विपक्षमा मतदान गर्नका लागि उपस्थित हुन ह्विप जारी गरेको हो।
कांग्रेसले बुधबार एक सूचना जारी गर्दै आफ्ना सांसदहरूलाई अनिवार्य रुपमा उपस्थित हुन र तटस्थ नरहन भनेको छ।
सभामुखमा हालसम्म दुई जनाको उम्मेदवारी परेको छ। कांग्रेसले न्यौपानेलाई उम्मेदवार बनाएको छ भने सत्ता साझेदार दलहरुले घिमिरेलाई अगाडि सारेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।