काठमाडौं– प्रतिनिधि सभाको सभामुख पदका लागि नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता भएको छ।
पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा प्रस्तावक र एकीकृत समाजवादीका नेता तथा सांसद प्रकाश ज्वाला समर्थकसहित न्यौपानेले सभामुख पदका लागि मनोनयन दर्ता गराएकी हुन्।
न्यौपानेले मनोनयन दर्ता गराउनु अगाडि नेपाली कांग्रेसका नेताहरुले सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा एकीकृत समाजवादी र लोसपाका नेताहरुसँग छलफल गरेका थिए।
सत्ता साझेदार दलका तर्फबाट भने नेकपा एमालेका देवराज घिमिरेले यसअघि नै मनोनयन दर्ता गराइ सकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।