काठमाडौं– श्रम तथा रोजगारमन्त्री डोलप्रसाद अर्याल म्यानपावर व्यवसाय सञ्चालक रहेको समचार सार्वजनिक भएपछि उक्त म्यान पावर कम्पनीको वेब साइट नुखुल्ने बनाइएको छ।
मन्त्रीको सपथ ग्रहणलगत्तै मन्त्रालय सम्हाल्न पुगेका अर्याल रेमिट्यान्स तथा वैदेशिक रोजगार व्यवसायी रहेको विषय सार्वजनिक भएको थियो।

उनी आबद्ध रहेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विज्ञताअनुसार मन्त्री बनाउने उद्घोष गरेर म्यानपावर व्यवसायीलाई मन्त्री बनाएको जनाएको थियो। यद्यपि, सार्वजनिक आलोचना सुरु भएपछि उक्त कम्पनीले आफ्नो वेब साइट नखुल्ने बनाएको हो।
अर्याल सृष्टि ओभरसिज प्रालिका बजार निर्देशकका रुपमा रहेको उक्त कम्पनीको वेब साइटमा राखिएको थियो।
यता मन्त्री अर्यालले भने सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त कम्पनीमा रहेको संग्लनताको खण्डन गरिसकेका छन्।
यस्तै, अर्याल इजिलिङ नामको रेमिट्यान्स कम्पनीको संचालक पनि रहेको पाइएको छ। यस कम्पनीमा रास्वपा सभापति रवि लामिछाने भने ‘ब्राण्ड एम्बेसडर’ रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।