काठमाडौं– नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङदेनसँग गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारीहरुले भेटवार्ता गरेका छन्।
बुधबार दिउँसो सिंहदरवारस्थित उनकै कार्यकक्षमा पुगेर एनआरएनएका अध्यक्ष रविना थापा, संस्थापक अध्यक्ष उपेन्द्र महतोलगायतका पदाधिकारीहरुले भेटवार्ता गरेका हुन्। भेटका क्रममा आफूहरुको मुद्दाबारे ज्ञापनपत्रमार्फत् उपप्रधानमन्त्री लिङ्देनलाई जानकारी गराइएको अध्यक्ष थापाले बताइन्।
एनआरएनएले नेपालमा लगानी भित्र्याउन आफूहरु तयार रहे पनि त्यसको सुरक्षाको प्रत्याभूति हुन नसकेको गुनासो सरकारसँग गर्दै आएको छ।
आफूहरुको सरोकारबारे सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन नवनियुक्त मन्त्रीहरुसँगको भेटवार्ता पनि सुरु गरिएको एनआरएनएले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।