काठमाडौं– अभिनेता विपीन कार्की हालै फिल्म ‘प्रसाद २’को सुटिङ सकेर फर्किए।
उनका नयाँ प्रोजेक्ट पाइपलाइनमा छन्। यसैबीच विपीन झरना थापाको आगामी फिल्म ‘भागवत गीता’मा पनि जोडिने भएका छन्।
झरनाले फेसबुकमा एक पोस्टमार्फत् विपीनलाई टिम ‘भागवत गीता’मा स्वागत गरेकी छन्। यसअघि अभिनेता धीरज मगर पनि फिल्ममा अनुबन्धित भएका थिए।
झरनाले ‘ए मेरो हजुर २’बाट डेब्यू गरेकी थिइन्। नयाँ बन्ने फिल्ममा अभिनेत्री सुहाना थापाको पनि मुख्य भूमिका रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।