काठमाडौं– साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। बुधबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
तोलामा ६०० रुपैयाँले घटेपछि बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँ कायम भएको छ।
यसअघि मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो। मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।
बुधबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३७५ रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँ प्रतितोलाका दरले किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।