काठमाडौं- सोमबार साँझ सत्ता गठबन्धनमा भएको सहमतिमा राप्रपा र एमालेले मन्त्रालय साटेका छन्। सुरुमा युवा तथा खेलकुद राप्रपाको भागमा परेको थियो। कानुन एमालेको भागमा परेको थियो। तर बिहान उनीहरुले मन्त्रालय साटासाट गरेका छन्।
पछिल्लो सहमति अनुसार राप्रपाले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय पाउने छन्। राप्रपाले उक्त मन्त्रालयमा ध्रुवबहादुर प्रधानलाई पठाउने भएको छ।
यसअघि प्रधान शहरी विकास मन्त्रालय पाउने पक्का भएको थियो। उक्त मन्त्रालय अब विक्रम पाण्डेले पाउने भएका छन्। एमालेले खेलकुद मन्त्रालयमा नाम टुंग्याएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।