काठमाडौं– नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा, सुदन किराती र अमनलाल मोदी मन्त्री बन्ने भएका छन्।
तीनै जना पहिलोपटक मन्त्री बन्दैछन्। चार मन्त्रालय भागमा परेको माओवादी केन्द्रबाट यसअघि उपप्रधानसहित भौतिक तथा यातायात मन्त्रालयको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाइसकेका छन्।
एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेर सांसद् बनेकी शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्ने भएकी छिन्। यसैगरी किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् भने मोदीको मन्त्रालय भने अझै टुंगो लागेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।