काठमाडौं– नेकपा एमालेका सांसद पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएका छन्। सोमबार साँझ बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रिमण्डलमा भागबण्डा मिलाएको थियो।
सोहीअनुसार एमालेको भागमा ७ मन्त्रालय परेका छन्। पदम गिरीको नाम स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि पक्का भएको छ। यस्तै परराष्ट्र मन्त्रीमा डा विमला राई पौडेलको नाम पक्का भएको बताइएको छ।
डा. पौडेल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित राष्ट्रियसभा सदस्य हुन् भने गिरी पर्वतबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।