काठमाडौं– जनता समाजवादी पार्टी तत्काल सरकारमा नजाने भएको छ। सोमबार साँझ भएको मन्त्रालय बाँडफाँटप्रति असहमति जनाउँदै जसपाले तत्काल सरकारमा सहभागी नहुने बताएको छ।
बैठकमा सहभागी भएका जसपा अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखसहित मन्त्रालयको न्यायोचित बाँडफाँट हुनुपर्ने माग गरेका थिए।
सत्तारुढ माओवादी र एमालेले जसपाका लागि सहरी विकाससहित दुई मन्त्रालय छुट्याएको छ। तर यसमा जसपाले असन्तुष्टि व्यक्त गरेको छ। न्यायचित तरिकाले बाँडफाँट नभएको भन्दै जसपाले तत्काल सरकारमा सहभागी नहुने अध्यक्ष उपेन्द्र यादवले बताएका छन्।
सोमबारको छलफलमा जसपाले उपराष्ट्रपति माग गरेको तर प्रधानमन्त्री प्रचण्डले अहिले यतातिर नजाम् पहिले मन्त्रालय टुंग्याउँ भनेका थिए। त्यसपछि भने यादवले यी पद नटुंग्याएसम्म आफूहरु सरकारमा सहभागी नहुने बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।