काठमाडौं– शक्ति बाँडफाँटका विषयमा सत्तारूढ दलको चार घण्टा लामो छलफल सकिएको छ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले भागबण्डा टुंग्याएको बुझिएको छ। जसअनुसार मंगलबार दिउँसो १ बजे नयाँ मन्त्रीहरूको शपथ हुनेछ।
बालुवाटार बैठकमा कुन दलले कति मन्त्रालय पाउने भन्ने पनि सहमति भएको छ। सम्बन्धित पार्टीबाट मन्त्री बन्नेहरू नाम प्राप्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार बिहान मन्त्रिपरिषद्लाई पूर्णता दिनेछन्।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एमाले अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र उपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागी थिए।
‘बाँडफाँटको काम टुङ्गिएको छ। को–को भन्ने भोलि नै सार्वजनिक गर्छौं। केही परिर्वतन पनि हुनसक्छ। अहिलेलाई टुङ्गोमा पुगेका छौं’ बैठकपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।