धनगढी– नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारुढ दललाई समर्थन गर्न आफ्ना प्रदेश सांसदहरूलाई निर्देशन दिएकी छिन्।
सोमबार धनगढीको एक होटलमा प्रदेश सभा सदस्यहरुसँग भेट्दै श्रेष्ठले सभामुख चयनमा सत्तारूढ गठबन्धनलाई समर्थन गर्न निर्देशन दिएकी हुन्।
उनले भनिन्, ‘सभामुखमा मत हाल्नुहोला। हामी सरकारमा जाँदैनौं। प्रतिपक्षमै बस्छौं।’
यसअघि नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरू सत्तापक्षमै लाइनमा बस्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।