काठमाडौं– सत्ता सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सोमबार साँझ ५ बजे बस्ने भएको छ।
बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने लगायतका विषयलाई अन्तिम रुप दिने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल बताए।
सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच करिब ५ घण्टा भेटघाट भएको थियो। उक्त भेटमा पौडेल पनि सहभागी भएका थिए।
भेटघाटपछि बाहिरेने क्रममा पौडेलले सञ्चारकर्मीसँग भने,‘सोमबार ५ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ। जेजस्तो कार्यसूचीहरू बाँकी छन्, सबै विषयमा आवश्यक निर्णय हुन्छ।’
उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक एमाले अध्यक्ष ओली छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।