काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीबीच एकताको तयारी सुरु भएको छ। दुवै पार्टीबीच एकताका लागि वार्ता तय भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
वार्ताका लागि दुवै पार्टीले वार्ता समिति समेत गठन गरेका छन्। जसपाले कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता टोली गठन गरेको छ। यस्तै, जनमुक्तिले पार्टीले खड्क प्रसाद पालुङ्वाको नेतृत्वमा वार्ता समित गठन गरेको छ।
दुवै पार्टीका वार्ता समितिबीच मंगलबार वार्ता हुने तय भएको जसपाका प्रचार विभाग प्रमुख बस्नेतले जानकारी दिए। वार्ता सानो भर्याङस्थित श्रेष्ठ निवासमा हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।