सुर्खेत– राष्ट्रिय शोकका कारण कर्णाली प्रदेश सभाको सोमबार तोकिएको पहिलो अधिवेशनको चौंथो बैठक स्थगित गरिएको छ।
पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकका कारण बैठक स्थगित गरिएको हो।
काठमाडौंदेखि पोखराका लागि ६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित उडेको यति एयरलायन्सको एटीआर–७२ को विमान पोखराको नयाँ गाउँस्थित सेती नदीको खोँचमा परी दुर्घटना भएको थियो।
दुर्घटनापछि सरकारले राष्ट्रिय शोकका सोमबार बिदा दिएसँगै प्रदेश सभाले बैठक स्थगित गरेको हो। विमान दुर्घटनामा परेर ठूलो जनधनको क्षति भएको यस घटनाले मुलुक नै शोकमा डुबेकोले प्रदेश भसाको सोमबारको बैठक स्थगित गरिएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले बताए।
उनका अनुसार प्रदेश सभाको उक्त बैठक कर्णाली प्रदेश सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम मंगलबार दिउँसो १ बजे बस्नेगरी सूचना प्रकाशित गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।