काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषय आजै (सोमबार) टुंगिने बताएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि बालकोट पुगेका प्रचण्डले साढे ३ घण्टाभन्दा लामो छलफलपछि बाहिरिने क्रममा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे संक्षिप्त प्रतिक्रिया दिँदै भने- ‘आजै टुंगिन्छ हाम्रो।’
पुस १० गते प्रधानमन्त्री नियुक्त भएका र ११ गते सपथ लिएका उनले अझै पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।