• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मुख्यमन्त्रीहरुको ‘असमावेशी क्लब’

64x64
धनु विश्वकर्मा बिहीबार, पुस २८, २०७९  २१:०३
1140x725

काठमाडौं– गत आइतबारदेखि बुधबारसम्म सातै प्रदेशका मुख्यमन्त्रीहरु नियुक्त भए। जसअनुसार, प्रदेश १ मा हिक्मत कार्की, मधेस प्रदेशमा सरोजकुमार यादव, बागमती प्रदेशमा शालिकराम जम्कट्टेल, गण्डकी प्रदेशमा खगराज अधिकारी, लुम्बिनी प्रदेशमा लीला गिरी, कर्णाली प्रदेशमा राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशमा राजेन्द्र सिंह रावल मुख्यमन्त्री नियुक्त भएका हुन्।

बुधबार साँझ प्रदेशका मुख्यमन्त्रीहरुको सूची सार्वजनिक भयो। त्यसले सामाजिक सञ्जालमा आलोचना खेपिरहेको छ। त्यसको मूल कारण हो, त्यो सूचीमा निश्चित प्रभावशाली समुदायबाट प्रतिनिधित्व गर्ने पुरुषहरुको एकाधिकार देखिएको छ। 

समावेशी समानुपातिक शासन प्रणाली अपनाउने उद्देश्य बोकेको संविधान जारी भएपछिको दोस्रो निर्वाचनपछि नियुक्त भएका मुख्यमन्त्रीहरुको सूचीले त्यस उद्देश्यलाई कुनै कोणबाट पनि सहयोग पुर्‍याएको देखिँदैन। आलोचकहरुले मुख्यमन्त्रीहरुको सूचीलाई ‘असमावेशी क्लब’ भनेका छन्।

संघीय सत्ताका साझेदार दलहरुले प्रदेशहरुको मुख्यमन्त्री कसले लिने भनेर सहमति गरेका थिए। उनीहरुले ४ प्रदेशमा एउटै दलले ५ वर्षसम्म नेतृत्व गर्ने र अन्य तीन प्रदेशमा आधा–आधा समय नेतृत्व गर्ने सहमति गरेका हुन्। पहिलो कार्यकालमा मुख्यमन्त्री बनेकाहरुले असमावेशी चित्र प्रष्ट पारेकै छन्, आलोपालोबाट आउने मुख्यमन्त्रीहरु पनि सोही किसिमको हुने देखिन्छ। किनकि, मुख्य दलहरुले सोहीअनुसार संसदीय दलको नेता चयन गरेका छन्।

संसदीय दलको नेता चयन गर्दै दलहरुले समावेशी मान्यतालाई अंगीकार गर्न सकेनन्। सत्ताको नेतृत्व गर्ने पार्टीहरुले केन्द्रीय तहबाटै संसदीय दलको नेता आफू अनुकूल बनाएका थिए। 

उनीहरुको रोजाइमा निश्चित समुदायको पुरुष सांसदहरु मात्रै परेको देखियो। दलित, महिला र जनजाति समुदायबाट मुख्यमन्त्री बन्ने गरी कसैको नाम समेत चर्चामा आएन। यसरी संसदीय दलको नेताको चयन प्रकियामा नै उत्पीडित वर्गलाई उपेक्षा गरिएको देखियो।

यसरी असमावेशी ढाँचाका मुख्यमन्त्रीहरुले प्रारम्भिक मन्त्रिपरिषद् गठनमा पनि सोही शैलीलाई प्राथमिकता दिएको देखिन्छ।

त्यसो त, मुख्यमन्त्रीहरुलाई ‘पुरुष क्लब’ बनाउने कामको सुरुवात २०७४ बाटै भएको थियो। त्यतिबेला बागमती प्रदेशको मुख्यमन्त्री बन्ने निश्चितप्रायः रहेकी अष्टलक्ष्मी शाक्यलाई दलभित्रको गुटगत राजनीतिबाट पाखा लगाएर सातै वटा प्रदेशका मुख्यमन्त्रीलाई महिलाविहीन बनाइएको थियो। शाक्य पछि केही समयका लागि मुख्यमन्त्री त भइन्, तर पुनः मुख्यमन्त्रीहरु ‘पुरुष क्लब’ नै बन्यो।

Ncell 2
Ncell 2
nimb
nimb

समावेशी सौन्दर्यको दुःखान्त
कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका तर्फबाट सांसद रहेका रनसिंह परियार पार्टीको निर्णायक तहमा नै दलित नपुगेकाले यो समुदायले मुख्यमन्त्री पाउन नसकेको बताउँछन्। पार्टीहरुले समावेशी मान्यताभन्दा पनि पदको मूल्यांकन गरेर मुख्यमन्त्री बनाउने गरेको उनको तर्क छ। 

‘कुरामा सबैले समुदाय, वर्ग, लिंग, जात, भूगोल भन्ने तर व्यवहारमा लागू गर्न नसक्ने?’, सांसद परियार भन्छन्, ‘मैले व्यक्तिगत रुपमा आफ्नो नाममा हस्तक्षेप गर्न गाह्रो छ। सामूहिक रुपमा हस्तक्षेप गर्नका लागि बाहुल्य छैन।’

मन्त्रिपरिषद्‌ विस्तारमा भने समावेशी मान्यता स्थापित गराउन पहल गरेको उनको भनाइ छ।

एमाले उपाध्यक्ष शाक्य, जो २०७४ मा मुख्यमन्त्री बन्न खोज्दा पार्टी नेतृत्वबाटै पाखा लगाइएकी थिइन्, उनी महिलाहरुलाई पार्टी नेतृत्वले मुख्यमन्त्रीका लागि योग्य नठान्ने गरेको बताउँछिन्। 

Xtrem

Xtrem

‘आन्दोलनको अग्रस्थानमा महिला जानसक्ने, यातना र जेलनेल सहन सक्ने तर नेतृत्व गर्न नसक्ने हुन र?,’ शाक्यको भनाइ छ, ‘समाजमा अझै रहेको सामन्तवादको अवशेष र पितृसत्तावादी चिन्तन राजनीतिक दलमा पनि हाबी छ।’

मुख्यमन्त्रीको नामहरुमा चर्चा हुँदा यसपटक कतै पनि महिलाको नाम चर्चामा समेत नआएकोमा शाक्यले चिन्ता व्यक्त गरिन्। ‘मेरो पालामा नै अनेक खालको बबण्डर मच्चाइयो। त्यो सबैलाई थाहा छ,’ शाक्यले उनले भनिन्।

महिला आन्दोलनमा सामूहिक आवाजको कमी रहँदा निर्णायक तहमा महिला पुग्न नसकेको शाक्यको निष्कर्ष छ। अहिलेकै जस्तो परिस्थिति निरन्तर कायम भए समावेशी मान्यता संकटमा पर्ने उनले चेतावनी दिइन्।

राजनीतिक विश्लेषक तथा लेखक राजेन्द्र महर्जन दलहरुमा रहेको असमावेशी चरित्र र एकल वर्ग, जात, समुदाय र लिंगको वर्चश्वका कारण मुख्यमन्त्रीहरु समावेशी नभएको बताउँछन्। ‘संविधानमा लोकतन्त्रलाई मान्ने भनेर लेख्ने तर संरचनामा भने एक वर्गको एकाधिकार कायम राख्ने’, उनको धारणा छ, ‘संघीयताको स्थापना नै समावेशीताका लागि गरिएको हो। जसको आवाज राज्यसम्म पुग्दैन, उसैको प्रतिनिधित्व होस् भन्ने यसको सिद्धान्त हो।’

मुख्यमन्त्री बन्नका लागि केन्द्रको, अझ पार्टीका प्रमुख नेताको खल्तीबाट नाम दिइने भएकाले झन्‌झन् असमावेशी हुँदै गएको महर्जन बुझाइ छ। यस्तै अवस्था कायम रह्यो भने संघीयता र यसको मूल मर्म नै संकटमा पर्ने उनी बताउँछन्। ‘यो भनेको समावेशीतामाथिको खतरामा पर्ने सूचक हो,’ उनले भने।

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  २१:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्री... शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले एक सूचना जारी गर्दै मतदानको समय दुई घण्टा थप गरिएको जानकारी दिएको हो । शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश राष्ट्रपति पौडेलले शुक्रबार उक्त अध्यादेश जारी गरेका हुन् । मन्त्रिपरिषद्ले अध्यादेश जारी गर्न सिफारिस गरेपछि राष्ट्रपतिबाट जारी भएक... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्