• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मेयर र उपमेयरको ‘लडाइँ’ले नगराईन नगरपालिका डेढ महिनादेखि बन्द, बालबालिकाको नियमित खोपदेखि पढाइ प्रभावित

64x64
नवीन झा सोमबार, पुस २५, २०७९  ०८:३०
1140x725

काठमाडौं– मेयर र उपमेयरबीचको विवादका कारण धनुषाको नगराईन नगरपालिका विगत डेढ महिनादेखि बन्द छ। नगरपालिका बन्द हुँदा नगर क्षेत्रका बच्चाहरु खोपदेखि बञ्चित हुनुपरेको छ। यस्तै, नगरभित्रका ५ हजारभन्दा बढी विद्यार्थीहरु नियमित परीक्षाबाटसमेत बञ्चित भएका छन्। 

मेयेर र उपमेयरको द्वन्द्वले नगरपालिकाको कामकाज मंसिर १८ गतेदेखि ठप्प छ। नेपाली कांग्रेसबाट विजयी भएका मेयर र नेकपा एमालेबाट विजयी भएका उपमेयरबीच अधिकार बाँडफाँटको विषयमा द्वन्द्व चर्किँदा त्यसको मारमा सम्पूर्ण नगरबासी परेका हुन्। 

मेयर र उपमेयरको द्वन्द्वले नगरका सम्पूर्ण सेवाहरु ठप्प हुँदा साना बच्चाहरुको नियमित खोप सेवा बन्द भएको छ। यस्तै, शैक्षिक कार्यक्रम समेत लथालिङ्ग हुँदा विद्यार्थीहरुले नियमित परीक्षा समेत दिन पाएका छैनन्। 

नगर भित्रका १८ वटा विद्यालयका शिक्षकहरुसहित, स्वास्थ्य सेवाका कर्मचारीले गत साउनदेखि तलब पाएका छैनन्। तलब नपाउँदा कर्मचारीहरुले मंसिर १८ गतेदेखि आन्दोलन सुरु गरेका थिए। 

आफूहरुको तलब लगायतको सेवा–सुविधा उपलब्ध गराइदिन भन्दै कर्मचारीहरुले पटक–पटक मेयर र उपमेयरलाई संयुक्त र छुट्टा–छुट्टै ज्ञापनपत्र पनि बुझाएका थिए। तर, मागको सुनुवाइ नभएपछि उनीहरुले मंसिर १८ गतेदेखि आन्दोलन सुरु गरेका हुन्। 

शिक्षकले तलब नपाएको भन्दै विद्यालय बन्द छन्। जसकारण पुस पहिलो हप्ता हुने भनिएका अर्धवार्षिक परीक्षा हुन सकेको छैन। 

नगरपालिका भित्र पर्ने जटही प्राथमिक बिद्यालयका प्राधानाध्यक अनुज मिश्रले आफुहरुले ८ महिनादेखि तलब नै नपाएकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए। 

Nagarain_Mayor_D_Mayor1673197346.jpg
मेयर विनय कुमार यादव (बायाँ) र उपमेयर राधादेवी यादव (दायाँ), तस्बिर सौजन्य: शिरीष न्यूज

‘हामीले पटक–पटक सम्बन्धित निकायलाई समस्या समाधान गर्न भनेर आग्रह गर्‍यौं। धेरैपटक ज्ञापनपत्र बुझायौं,’ मिश्रले नेपाल लाइभसँग भने, ‘तर उहाँहरुको उदासिनताका कारण हामी यत्रो चिसोमा आन्दोलनमा उत्रिन बाध्य भएका हौँ।’

Ncell 2
Ncell 2
nimb
nimb

स्वास्थ सेवाका कर्मचारीहरु पनि तलब नपाएको भन्दै आन्दोलनमा उत्रिँदा वडा कार्यालय र पालिका मातहतका स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाहरु रोकिएका छन्। जसकारण १५ महिना मुनिका बच्चाले पाउनुपर्ने नियमित खोपहरु पनि पाएका छैनन्। खोप कार्यक्रम बिगत २ महिनादेखि बन्द रहेको छ। 

नगरपालिकाका मेयर र उपमेयरका कारण आफूहरुको पढाइ प्रभावित भएको भन्दै केही दिन अगाडि विद्यार्थीहरुले प्रदर्शन समेत गरेका थिए। तर, मेयर र उपमेयरले त्यसप्रति चासो दिएनन्। 

नगराईन नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिको गृहनगर पनि हो। यो पटकको प्रतिनिधि सभा निर्वाचनमा त्यस क्षेत्रबाट एमाले नेता जुली महतो निर्वाचित भएकी छिन्। 

कार्यविधिको नाममा निधि र महतोको लडाइँ 
गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका विनय कुमार यादव मेयरमा निर्वाचित भए भने एमालेकी उम्मेदवार राधादेवी यादव उपमयेरमा निर्वाचित भइन्। उपमेयर यादव नेकपा एमालेका नगरअध्यक्ष रामचन्द्र यादवकी पत्नी हुन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, नगरपालिकामा देखिएको विवादको मुख्य कारण भने कांग्रेस नेता विमलेन्द्र निधि र एमाले नेता जुली महतोको ‘लडाइँ’ भएको स्थानीय राजनीतिकर्मीको भनाइ छ। निधि परिवारको राजनीतिक विरासतसँग जोडिएको विषयले अहिले मेयर र उपमेयरबीच द्वन्द्व बढेको जानकारहरु बताउँछन्। 

गत बैशाखमा भएको स्थानीय निर्वाचनपछि उपमेयर राधादेवी यादवले यस अघिको कार्यकालको कार्यविधि संशोधन गर्न माग गरेपछि नगरपालिमा लफडा सुरु भएको हो। एमाले नगर अध्यक्ष रामचन्द्र यादव अघिल्लो कार्यकालमा मेयर र उपमयेर दुवै कांग्रेसले जित्दा जवरजस्ती कार्यविधि संशोधन गरेको आरोप लगाउँछन्। 

Bimelendra_Nidhi_Juli_Mahato1673197633.jpg
कांग्रेस पूर्व उपसभापति विमलेन्द्र निधि (बायाँ) र एमाले नेता जुली महतो (दायाँ)

नेपाल लाइभसँगको कुराकानीमा एमाले नगर अध्यक्ष यादवले विगतमा नगरपालिकाको नाम नै परिवर्तन गर्नेगरी काग्रेसका मेयरले आफनै पार्टीका उपमेयरको सम्पुर्ण अधिकार खोसेर नयाँ कार्यविधि बनाएको आरोप लगाए।  अघिल्लो कार्यकालमा नगरराईन नगरपालिकाको नाम कांग्रेस पुर्वउपसभापति विमलेन्द्र निधिका पिता तथा कांग्रेसका संस्थापक नेता महेन्द्र नारायण निधिको नाममा राख्न प्रस्ताव गरेका थिए।

तर, त्यतिबेला एमालेबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले विरोध गरेपछि कांग्रेसको ‘मिसन’ असफल भयो। एमालेका जनप्रतिनिधिले गरेको विरोधमा तत्कालीन जसपाका जनप्रतिनिधिले पनि समर्थन गरेका थिए। 

कांग्रेसको उक्त प्रस्तावपछि एमालेका तात्कालीन वडाध्यक्षहरुले उच्च अदालत जनकपुरमा मेयरविरुद्ध मुद्धा समेत दायर गरेका थिए। 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेले उपमेयरसहित नगर कार्यपालिकामा बहुमत सदस्यसहित जित हासिल गर्‍यो। मेयरमा भने कांग्रेसका विनोद यादव विजयी भए। मेयर यादव काग्रेस नेता निधिनिकट मानिन्छन्। 

नेपाल लाइभसँग कुरा गर्दै मेयर यादवले एमालेबाट जितेका उपमेयरले अनावश्यक विवाद सिर्जना गरेका कारण नगरपालिकामा समस्या देखिएको वताए। 

‘उहाँहरुले मेयरको सम्पूर्ण अधिकार खोसेर उपमेयरमा लैजाने गरी कार्यविधि संशोधन गर्न भनिरहनु भएको छ,’  मेयर यादवले भने, ‘पटक–पटक मैलै सम्झाउँदा पनि उहाँहरु मानिरहनुभएको छैन।’

नगर परिषद्‌ बोलाउनुभन्दा पहिले नै आफूले उपमेयरलाई सहमति गरेर जानुपर्ने प्रस्ताव राखेको तर उपमेयरले नमानेको मेयर यादवको भनाइ छ। 

उपमेयर राधादेवी यादव भने आफूहरु नियम र कानुनअनुसार मेयर र उपमेयरको अधिकार वाँडफाट हुनुपर्छ भनिरहे पनि मेयरले नमानेको बताउँछिन्। 

नेपाल लाइभसँग कुरा गर्दै उपमेयर यादवले विगतमा बहुमत भएको बेला कांग्रेसलाई सुविधा पुग्नेगरी, कानुन विपरीत कार्यविधि संशोधन गरिएको र त्यसलाई सुधार गर्नुपर्छ भन्दा मेयर यादवले ‘लफडा झिकेको’ बताइन्। 

‘यो बीचमा हामीले पटक–पटक कानुनका जानकारहरु र सहायक सीडीओ सहितका बैठकहरु समेत गरेका छौँ,’ उपमेयरले भनिन्, ‘सबैले मेयर साहेवलाई आफनो अधिकार मात्रै प्रयोग गर्न सुझाव दिनुभएको छ। तर, उहाँले त्यसमा आलटाल गरिराख्नु भएको छ।’

मेयर र उपमेयर दुवैले नगरपालिकामा देखिएको विवाद र द्वन्द्वबारे आ–आफ्नो पार्टीका माथिल्लो तहका नेताहरुसँग पनि छलफल गरेका छन्। तर, शीर्ष तहका नेताहरुबाट स्थानीय स्तरमै विवाद समाधान गर्न सुझाव आएको उनीहरुको भनाइ छ। 

मेयर विनोद यादवले आफूले कांग्रेस पूर्व उपसभापति निधिसँग कुरा गरेको बताए। निधिले आफ्नो अधिकारमा अडिग रहन सुझाएको उनको भनाइ छ। 

उपमेयर राधादेवी यादवले पनि आफूले आफ्नो क्षेत्रका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य जुली महतोसँग कुरा गरेको बताइन्। महतोले आफूलाई उपमेयरले कानुन बमोजिम पाउने अधिकारका लागि अडिग रहन सुझाव दिएको उपमेयर यादवको भनाइ छ। 

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खुला केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र... शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह नेपालका सङ्घीय सांसद डा. अर्जुन कार्कीले जलवायु परिवर्तनको असर न्यूनीकरण, विपद् उत्थानशीलता अभिवृद्धि तथा जलवायुजन्य क्षति र नोक्सान... शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन् । आचार्यले २ हजार ६४८ मत... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्