काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले राखेका सर्तहरूप्रति सरकार सकारात्मक देखिएको पार्टीको बुझाइ रहेको जनाएको छ।
सत्ता साझेदार दलहरूका तर्फबाट मस्यौदा गरिएको न्यूनतम साझा कार्यक्रमको खाका हेर्दा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका सर्तहरूमध्ये २ वटा सर्त समेटिएको देखिएको जसपाको बुझाइ छ।
‘पार्टीका मुलभूत सिद्धान्तहरूको प्रतिकुल नहुने गरी नै मस्यौदा तयार भएको छ भने नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति जस्ता विषय पनि साझा न्युनतम कार्यक्रमको मस्यौदामा अटेको देखिन्छ। यस अर्थमा पार्टीले सरकारलाई विश्वासको मत दिने आधार तय भएको छ,’ पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले भने।
पुस २७ गतेलाई पृथ्वी जयन्तीका रूपमा सार्वजनिक विदा दिने विषयलाई मस्यौदामा समेट्ने कुरासँग भने आफ्नो असहमति रहेको जसपाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।