• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

निर्मला कुर्मी मृत्यु प्रकरण : सरकारी निकाय भन्छ- पर्याप्त प्रमाण छैन, आन्दोलनकारी भन्छन्- प्रमाण नष्ट गरियो

64x64
धनु विश्वकर्मा बिहीबार, पुस २१, २०७९  १६:२१
1140x725

काठमाडौं- ‘निर्मलालाई न्याय दे’, ‘जुन देशमा महिला राष्ट्रपति, त्यही देशमा महिलाको दुर्गति?’, ‘सरकार खबरदार।’ यिनै नारा बोकेर माइतीघरको चिसो भुइँमा धर्ना बसेका छन्, एक हुल महिला अधिकारकर्मी। उनीहरुको एउटै माग छ, निर्मला कुर्मीलाई न्याय दे।

निर्मलाको अपहरणपछि हत्या भएको भन्दै न्यायका लागि रुवी खानहरुको समूहले माइतीघरमा तेस्रो चरणको आन्दोलन सुरु गरेको हो।

धर्नामा आवद्ध खातुन, सलिमुन निशा बेहना, सहिदा खातुन दर्जी, खतुना निशा बेहना, गीता कुँवर, वानी चमार, माकरुन निशा दर्जी, ककैं चमार, सुखरानी चमार, गीता चमार, रुवी खान र राहुल शेष लगायत १४ जना महिलाको समूह छ। 

रुवीको समूहले २०७७ सालदेखि निरन्तर सडकमा आन्दोलन गरिरहेको छ। २०७८ भदौ १३ गते बाँके जिल्ला प्रशासनको गेटमा उनीहरु ३०-३५ जना महिलाको समूहसहित धर्ना बसेका थिए। त्यहाँ १९ दिनसम्म धर्ना बस्दा पनि न्याय नपाएको भन्दै उनीहरुले २० दिन लगाएर नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा गरेका थिए। 

१४ जनाको समूह असोज १ गते पैदल यात्रा सुरु गरेर २१ गते काठमाडौं पुगेको थियो। त्यसपछि उनीहरु माइतीघरमा फेरि धर्ना बसे। ५२० किलोमिटरको पैदल यात्रा गरेर काठमाडौं आइपुगेका उनीहरु १२ दिनसम्म धर्ना बसेका थिए।

322404163_888687498809880_1934787656157325714_n1672905699.jpg

१२ दिनपछि भने तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानविन समिति बनाए। जसमा प्रहरी उपरीक्षक रामप्रकाश शाह, उप अनुसन्धान निर्देशक वीरेन्द्रसिंह कार्की, गृह उपसचिव रामप्रसाद लम्साल, बाँकेका मोहम्मद शेर बागवान र जिल्ला प्रशासन बाँकेका प्रशासकीय अधिकृत अमराव सेजवाल रहेका थिए। 

निर्मला कुर्मी बेपत्ता प्रकरणमा कांग्रेस नेता बादशाह कुर्मीसहित ८ जनालाई प्रारम्भिक छानबिनको क्रममा दोषी औंल्याएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

बादशाहसँगै रमेश थापा, पार्वती बिष्ट, कृष्णमुरारी सिंह, कुँवर बब्बन सिंह ठकुरी, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी ८ जना प्रारम्भिक छानबिनको क्रममा दोषी देखिएको समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ। उनीहरुमाथि अनुसन्धान गर्नुपर्ने सुझाव समितिले दिएको थियो। 

उक्त छानविन समितिको प्रतिवेदन कार्यान्वयन नगरेको भन्दै फेरि उनीहरु ४१ दिन माइतीघरमा धर्ना बसेका थिए। मंसिर ९ गतेदेखि धर्ना बसेका उनीहरु आरोपितलाई कारबाही गर्ने आश्वासन पाएपछि घर फर्केका थिए। 

१ वर्ष बित्दा पनि कुनै खालको अनुसन्धान नभएको आन्दोलनकारीको दावी छ। रुवी भन्छिन्, ‘अनुसन्धान ढिला गरेर घटनालाई कमजोर बनाउन खोज्दैछन्।’ पुस १४ गतेदेखि रुवीको समूहले फेरि धर्ना सुरु गरेको छ। उनीहरुको एकै माग छ, निर्मलाको मुद्दा अदालतमा जानुपर्छ। 

०००
निर्मला कुर्मीको घर बाँकेको नेपालगञ्ज उपमहानगरपालिका- १७ मा पर्छ। निर्मला एक जमिन्दार परिवारकी हुन्। २०६२ सालमा श्रीमानको मृत्यु भएपछि उनी दुई छोरासँग बस्दै आएकी थिइन्।

Xtrem

Xtrem

निर्मलाका दुई छोराको पनि २०६६ सालमा मृत्यु भयो। उनले छोराहरुको पोस्टमार्टम गरिदिन प्रशासनमा गएर हारगुहार गरेको रुवीले दावी गरेकी छन्। 

२०६६ माघ १८ गते निर्मलाले महिला अधिकार मञ्चमा गएर छिमेकी पर्ने बादशाह कुर्मीले आफूमाथि एकल महिला भनेर हिंसा गरेको बताइन्। उनको नाममा भएको सम्पत्ति विस्तारै आरोपित बादशाह लगायत अन्यले हडपेको आरोप लगाएकी थिइन्।

322664517_1152160012165218_2983572405022363486_n1672905699.jpg

निर्मलालाई अपहरण गरी भारतमा लगेर हत्या गरेको पीडित पक्षको दावी छ। निर्मलाको अपहरण गरेको भन्दै पीडित पक्षले २०७७ साल मंसिर १४ गते उजुरी दियो। उजुरी दिएको एक महिना नपुग्दै उनको मृत्यु भयो। फेरि सदरमुकाम गएर रुवीले प्रहरीमा उजुरी दिएकी थिइन्। रुवीले प्रहरी कार्यालयमा चैत १४ गते कर्तव्य ज्यानको मुद्दा हालिन्। मुद्दा भने चैत २० मा मात्र दर्ता भयो। 

मुद्दा दुई वर्षदेखि जिल्ला प्रहरी कार्यालय बाँकेमा अनुसन्धानकै क्रममा छ। माइतीघरमा आन्दोलन गर्दै आएकी रुवी भन्छन्, ‘हाम्रो मुद्दा अदालतसम्म पुर्याउनुपर्छ।’ दुई वर्षसम्म प्रहरीले अनुसन्धानका नाममा प्रमाण नष्ट गरेको आरोप समेत उनले लगाएकी छन्। 

निर्मला कुर्मीका आरोपित नेपाली कांग्रेसका नेता बादशाह कुर्मी हुन्। उनी भर्खरै सम्पन्न प्रदेश सभा सदस्यको निर्वाचनमा बाँके- ३ को प्रदेश सभा खबाट निर्वाचित भएका छन्। राजनीतिक प्रभावमा परेर निर्मलाको हत्या भएको प्रमाणलाई कमजोर बनाएको रुवीको दावी छ। 

यता जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्ती भने यस विषयमा अनुसन्धान भइरहेको बताउँछन्। डीएसपी घर्ती भन्छन्, ‘यो मुद्दा संवेदनशील छ। त्यसैले अनुसन्धान प्रकियामा समय लागेको हो।’ 

रुवीले भने स्थानीय प्रहरीले नै महिना दिनसम्म जाहेरी लिन नमानेको र एकल महिला भएकै कारणले राजनीतिक प्रभावमा परेर झन् ढिला अनुसन्धान गरेको आरोप लगाएकी छन्।

यता, सरकारी वकिल कार्यालयका वकिल प्रकाश भण्डारीले फाइल जिल्ला प्रहरी कार्यालयबाट सरकारी वकिल कार्यालयमा नआएको बताएका छन्। किन ढिला अनुसन्धान भयो त? भन्ने प्रश्नमा उनले भने, ‘सरकारी वकिलको कार्यालयबाट अदालतसम्म पुर्याउनका लागि आवश्यक प्रमाण पुगेको छैन’ कुनै ठोस प्रमाण नभई अदालतसम्म पुर्याउन नमिल्ने कानुनमा नै स्पष्ट छ।'

सरकारी वकिल भण्डारीका अनुसार अहिलेसम्म भारतमा निर्मलाको कालगति वा अकालमा मृत्यु भएको भनेर भारतको स्थानीय प्रहरी प्रशासनबाट कुनै पनि प्रमाण आएको छैन। ‘भारतमा हत्या वा कालगतिले मृत्यु भएको हो भनेर कुनै ठोस मिसिल आउनुपर्ने हुन्छ’, भण्डारी भन्छन्।

ननकुन्नी धोबी र निर्मला कुर्मीको मृत्यु सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदनमा पनि भारतमा नै हत्या भएको कुनै पुष्टि हुने आधार नऔंल्याइएको वकिल भण्डारीले बताएका छन्। 

भारतमा मृत्यु भई खाटमा राखिएको लासको फोटो निर्मलाको नै हो कि होइन भनेर जाहेरीवालाबाट नै प्रमाण नभएकाले अदालतमा जान नसकेको उनी बताउँछन्। प्रहरी कार्यालयबाट अनुसन्धानको प्रकिया पूरा गरेपछि सरकारी वकिलको कार्यालयले मुद्दालाई अगाडि बढाउने वा नबढाउने निर्णय गर्ने उनले बताएका छन्।

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १६:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्