• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रहरीमा वरिष्ठ सई: पद बढ्यो, तलब घट्यो

64x64
नेपाल लाइभ शुक्रबार, पुस १५, २०७९  ०७:४०
1140x725

काठमाडौं– पद बढ्दा तलब समेत घटुवा हुनुपर्ने स्थिति नेपाल प्रहरीमा आएको छ। प्रहरी नियमावली, २०७१ संशोधन गरेर नयाँ पद सिर्जना गरेपछि यस्तो स्थिति आएको हो। 

बढुवाको जाम खुलाउने भन्दै गत वर्ष प्रहरी निमायवली संशोधन गर्दै वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दारको नयाँ पद सिर्जना गरिएको थियो। तीन वटा नयाँ पद सिर्जना भएपछि यी पदमा २० हजार भन्दा प्रहरी कर्मचारीको बढुवा समेत गरियो।

तर, पद बढेसँगै फुली थपिए पनि तलब भने घटेर आएपछि पदोन्नती भएका कर्मचारी नै निराश बनेका छन्। यो समस्या वरिष्ठ सईको दर्जामा देखिएको छ। 

सई दर्जामा ८ ग्रेड खाएर वरिष्ठ सईमा बढुवा भएका अधिकारीहरु अहिले सईमा खाएको भन्दा २६२ रुपैयाँ कम तलब थाप्ने गरेका छन्। सईमा ८ ग्रेड तलब खाएकाहरुको तलब ४३ हजार ९९४ रुपैयाँ थियो। तर, अहिले उनीहरु वरिष्ठ सईमा बढुवा भएपछि २ ग्रेडको समेत तलब थप गरेर दिँदा पनि सईमा खाएको भन्दा २६२ रुपैयाँ कम, ४३ हजार ७३२ रुपैयाँ तलब थाप्दै आएका छन्।

सरकारले गत साउन १ गतेबाट लागू गरेको नयाँ तलबमान अनुसार वरिष्ठ सईको तलब ४० हजार ९९८ रुपैयाँ छ। सईको भने ३४ हजार ७३० रुपैयाँ छ। तर, १ हजार १ सय ५८ रुपैयाँका दरले सई दर्जाका प्रहरी अधिकारीले ८ ग्रेडसम्म तलब थाप्ने गर्नेछन्। ८ ग्रेड तलब थाप्ने सईको कूल तलब ४३ हजार ९९४ रुपैयाँ हुन्छ। 

Ncell 2
Ncell 2

८ ग्रेड तलब थापेका सईहरुको भन्दा कम अहिले वरिष्ठ सईको तलब हुने गरेको छ। वरिष्ठ सईमा २ ग्रेडमात्रै हुन्छ। १ हजार ३६७ रुपैयाँ ग्रेडका दरले वरिष्ठ सईको तलब जम्मा ४३ हजार ७३२ रुपैयाँ हुन्छ।

जसकारण अहिले पनि ८ ग्रेड खाएका सईको भन्दा वरिष्ठ सईको तलब कम हुने गरेको हो। 

बढुवा भएपछि प्रहरी निरीक्षक (इन्स्पेक्टर) हुने आशा देखेका उनीहरु वरिष्ठ सई भएका थिए। त्यसमाथि पनि सईमा खाएको भन्दा कम तलब भएपछि भने उनीहरु निराश भएका हुन्। 

Police-Talab-Sckel-police-sallary1672308778.jpg
गत साउन १ गतेदेखि लागू भएको प्रहरीको तलबमान।

‘एक त बढुवा भएपछि राजपत्रांकित तृतीय श्रेणी हुने आशा थियो। तर, राजपत्रअनंकितमै रहनु परेको छ। अर्कोतर्फ तलबसमेत घटेर आउँदा मनोबल बढ्नुको साटो निराश हुनपरेको छ। थपिएको फुलीले समेत कुनै अर्थ दिएन’, एक जना वरिष्ठ सईले भने।

यसबारे जिज्ञासा राख्दा प्रहरी हेडक्वार्टर भने तलबमानको विषय आफूहरुको नभएको भन्दै पन्छिने गरेको छ। कसरी यस्तो अवस्था आयो भन्ने प्रश्न राख्दा हेडक्वार्टरका कर्मचारी प्रशासन शाखाका एक अधिकारी भन्छन्, ‘तलबमानको कुरो तालुक मन्त्रालय र त्यससँग सम्बिन्धत अन्य मन्त्रालयहरुको हो। यस विषयमा हामीले जवाफ दिन सक्दैनौं। तालुक मन्त्रालयले यस्ता कुरामा बेवास्ता गर्दा यस्तो समस्या आएको हो।’

नेपाल प्रहरीमा भर्खरै वरिष्ठ सई, वरिष्ठ हवल्दार, सहायक हवल्दारको नयाँ पद सिर्जना गरिए पनि सशस्त्र प्रहरी बलमा भने यसअघि देखि नै यी पदहरु कार्यान्वयमा छन्। तर, सशस्त्रमा भने नेपाल प्रहरीको जस्तो समस्या छैन। 

सशस्त्र र नेपाल प्रहरीमा दर्जा अनुसारको तलबस्केल पनि समान छ। सशस्त्र प्रहरीले भने ग्रेडमा मिलान गरेकाले यस्तो समस्या आएको छैन। सशस्त्रमा सईले जम्मा ६ ग्रेड मात्रै पाउँछन्। प्रहरीमा भने सईले ८ ग्रेडसम्म थाप्छन्। ६ ग्रेड थाप्दा सशस्त्रका सईको कूल तलब ४१ हजार ६ सय ७८ रुपैयाँ हुन्छ।
 
वरिष्ठ सईमा प्रहरीकै जस्तो २ ग्रेड राखिएको छ। २ ग्रेडसहित वरिष्ठ सईको तलब प्रहरीकै समान ४३ हजार ७३२ रुपैयाँ छ।  जसकारण ६ ग्रेड थापेका सईको भन्दा वरिष्ठ सईमा २ ग्रेड खाएकाहरुको तलब २ हजार ५४ रुपैयाँ बढी हुन्छ।

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  ०७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विशेष महाधिवेशनबाट निर्वाचित काँग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो
रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : महासचिव पोखरेल
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
विशेष महाधिवेशनबाट निर्वाचित काँग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै बिहीबार, माघ १, २०८२
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो बिहीबार, माघ १, २०८२
रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : महासचिव पोखरेल बिहीबार, माघ १, २०८२
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकाले रोक्यो आप्रवासी भिसा बिहीबार, माघ १, २०८२
मार्बल बोकेको ट्रक पल्टिदा पाँच कामदारको मृत्यु, दुई घाइते बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्