• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

उपेन्द्र यादवले संसदीय दलमा रामसहाय नै रोज्नुको अन्तर्य

64x64
नवीन झा बुधबार, पुस १३, २०७९  १६:५२
1140x725

काठमाडौं- अध्यक्ष उपेन्द्र यादव प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपछि संसदीय दलको नेता बन्न जनता समाजवादी पार्टीमा होडबाजी नै चल्यो। संघीय परिषद् अध्यक्ष तथा वरिष्ठ नेता अशोक राई, मधेस प्रदेशका मन्त्री नवलकिशोर साहदेखि पूर्वमन्त्री राजकिशोर यादवसम्म दलको नेता बन्ने दौडमा थिए।

तर, बुधबार जसपाले सर्वसम्मत रुपमा पार्टी महासचिव रामसहाय यादवलाई संसदीय दलको नेता चयन गरेको छ। केही समयअघि पार्टीले दलको नेता चयन गर्न तीन सदस्यीय निर्वाचन समिति नै बनाएको थियो।

उक्त समितिले मंगलबार दलको नेता चयन गर्नका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको थियो। सार्वजनिक गरिएको कार्यक्रम अनुसार दलको नेता चयन गर्न उम्मेदवारी दर्तादेखि निर्वाचनसम्मका कार्यक्रम राखिएको थियो। 

तर, उम्मेदवारी दर्ताको क्रममा यादव बाहेक अन्यको उम्मेदवारी परेन। त्यसपछि जसपाको निर्वाचन समितिले महासचिव यादवलाई दलको नेतामा निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ। 

सप्तरी- २ जसपा अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष सिके राउतसँग फराकिलो मतान्तरले पराजित भएपछि उनलाई दलको नेता कसलाई बनाउने भन्ने चुनौती थियो। आफूपछिको पार्टी बरियतामा रहेका वरिष्ठ नेता राई सुनसरीबाट निर्वाचित भएपछि उनी झनै अफ्ठ्यारोमा परेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

प्रत्यक्ष र समानुपातिक गरी जसपाले प्रतिनिधि सभामा १२ सिट जितेको छ। त्यसमा पनि पार्टीको मुख्य आधार क्षेत्र मधेस भएकाले पार्टीभित्रैबाट यादवमाथि पहाडे समुदायका नेतालाई दलको नेता नबनाउन दबाब थियो। पहाडे समुदायबाट दलको नेता चयन गरेमा पार्टीलाई मधेसमा समस्या पर्ने देखिएपछि यादव मधेसबाटै पनि कसलाई बनाउने भन्ने द्विविधामा थिए। 

जसपा पार्टी फुटका बेला आफ्नो माउ पार्टीमा नफर्केका प्रदेश मन्त्री नवलकिशेर साह र राजकिशोर यादवले आफूलाई मौका दिनुपर्ने दबाब अध्यक्ष यादवलाई दिँदै आएका थिए।

यादवले यही दबाबलाई मध्यनजर गर्दै दलको नेता चयन निर्वाचन प्रकियाबाट गर्ने कार्ड पार्टीमा ल्याए। त्यसका लागि यादवले तीन सदस्यीय निर्वाचन समिति नै बनाए। अन्तत: जसपाको संसदीय दलमा आफूले चाहेको पात्र र राजनीतिमा सुरुदेखि साथ दिएका रामसहाय यादवलाई चयन गरे।

Xtrem
Xtrem

निर्वाचन भएको खण्डमा पनि यादव नै संसदीय दलको नेता चुनिने निश्चित देखिएपछि राईसहित राजकिशोर यादव र नवलकिशोर साह उम्मेदवारी दर्ता गराउने बेलामा ब्याक भए।

यता अध्यक्ष यादव आफू प्रतिनिधि सभामा नरहेको भन्दै दलको नेता चयनको दिन बिहानै जनकपुर हिँडे। तर उनले दलका सबै समानुपातिक सांसदलाई महासचिवको पक्षमा खुल्न आन्तरिक रुपमा निर्देशन दिएका थिए। प्रत्यक्षतर्फ जितेकामध्ये पनि उम्मेदवार बन्न चाहेका बाहेक सबै अध्यक्ष यादवकै पक्षमा देखिएका थिए। 

यादव निकट जानकारहरुका अनुसार उनले संसदीय मोर्चामा आफ्ना सहयात्री रामसहाय यादवलाई ल्याउनुका पछाडि पार्टीमा अर्को शक्ति केन्द्र निर्माण नहोस् भन्ने देखिन्छ। वरिष्ठ नेता राईदेखि राजकिशोर यादव वा साह जो सुकै दलको नेतामा आए पनि यादवलाई पार्टीमा चुतौती दिन सक्ने आकलन उनको थियो।

महासचिव यादव उपेन्द्र यादवका फोरमदेखिका सहयात्री र पार्टी जीवनमा सधैं ‘एस म्यान’ देखिएका छन्। जसका कारण यादव आफूलाई 'कम्फरटेबल' हुने गरी महासचिव यादवलाई दलको नेता बनाएको विश्लेषण गरिएको छ।

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १६:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
काङ्ग्रेसको मतगणना २३ ठाउँमा जारी सभापतिसहित प्रमुख पदाधिकारीहरूको  मतगणना सकिएसँगै निर्वाचन समितिले सहमहामन्त्री र विभिन्न समावेशी क्लस्टरका केन्द्रीय सदस्य पदहरूको... सोमबार, असोज २६, २०८३
ओलीको चेतावनी: घेराबन्दी सकिएको छैन, बलजफ्तीको प्रतिवाद गर्छौं सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित केन्द्रीय सदस्यहरूको शपथ समारोहलाई सम्बोधन गर्ने क्रममा उनले अगाडिका चुनौतीहरूको सा... सोमबार, असोज २६, २०८३
गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे सोमबार पत्रकार सम्मेलन गर्दै खड्गीले आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य पार्टीको आन्तरिक लोकतन्त्रको रक्षा गर्नु रहेको उल्लेख गरेका छ... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काङ्ग्रेसको मतगणना २३ ठाउँमा जारी सोमबार, असोज २६, २०८३
ओलीको चेतावनी: घेराबन्दी सकिएको छैन, बलजफ्तीको प्रतिवाद गर्छौं सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई सोमबार, असोज २६, २०८३
गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्