काठमाडौं– नयाँ सरकार बनेसँगै सेयर बजारमा उछाल आएको छ। सेयर बजार सुरु भएको ३ घण्टामा ४६ दशमलव ०६ अङ्कले वृद्धि भएर १९१३.२७ अंकमा पुगेको छ।
कारोबार सुरु भएको ३ घण्टामा ३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। एक अर्ब २३ करोड १२ लाख ७३ हजारको सेयर कारोबार भइसकेको छ।
नयाँ सरकारको अर्थमन्त्रीमा विष्णु पौडेलको चर्चाको कारण सेयर बजारमा उछाल आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।