• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ११, २०८३ Mon, May 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
टिप्पणी

कांग्रेस सांसदहरू ! सदनमा शिर निहुर्‍याउने कि उठाउने?

64x64
किशोर दहाल मंगलबार, पुस ५, २०७९  १८:३३
1140x725

काठमाडौं– निकै चासोपूर्वक हेरिएको कांग्रेस संसदीय दलको नेता चयन गर्ने निर्वाचनमा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ। मंगलबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालयमा उनीहरुले उम्मेदवारी दर्ता गरेर प्रतिस्पर्धा सुनिश्चित गरेका हुन्।

संस्थापनइतर समूहबाट शेखर कोइराला वा थापा को उम्मेदवार बन्लान् भन्ने चासो थियो। दुवै नेता उम्मेदवार बनेको खण्डमा सभापति देउवा नै पुनः संसदीय दलको नेतामा चयन हुने निश्चितप्रायः हुने आकलनका बीच संस्थापन इतर समूहले जुटाएको सहमतिले यो निर्वाचनलाई रोचक मात्रै बनाएको छैन, अनपेक्षित नतिजा आउने सम्भावनालाई पनि जिउँदो राखेको छ।

प्रतिनिधि सभामा कांग्रेससँग एकल बहुमत छैन। तर, प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल भएकाले कांग्रेस संसदीय दलको नेता प्रधानमन्त्री बन्ने सम्भावना उच्च छ। निर्वाचन परिणामको स्वाभाविक अपेक्षा पनि त्यही हो। तर, सत्ता गठबन्धनका दलहरुबीच बृहत् भागबण्डा हुन बाँकी नै छ। त्यहाँ हुने सहमतिले धेरै विषय प्रष्ट हुनेछन्। तर सामान्य विषय हो, कांग्रेस संसदीय दलको नेता प्रधानमन्त्री बन्ने वा प्रमुख प्रतिपक्षी दलको नेता बन्छन् नै।

कांग्रेस सांसदहरुले यतिबेला दिने मतको बृहत् अर्थ छ। यो दलभित्र लोकतन्त्रको ढुकढुकी जोगाउने सामान्य दायित्वबोधमा मात्रै सीमित छैन। बरु, समग्र राजनीतिप्रति आम जनतामा आशा जगाइराख्ने पहलकदमीसम्म लम्बिएको छ।  किनकि, कांग्रेस संसदीय दलको निर्वाचन परिणामबाट नयाँ नेतृत्व चयन हुन सकेमा त्यसले परिवर्तनको आभास दिनेछ। नत्र, निर्वाचनबाट उही नेता र प्रवृत्तिको पुनरावृत्ति हुने परिस्थितिले आम मान्छेमा दिग्दारी सिर्जना गरेको छ।

त्यसैले मतदानमा सहभागी हुँदै गरेका कांग्रेस सांसदहरुले कैयौँ विषयमा विवेक पुर्‍याउलान् भन्ने अपेक्षा गर्नु वाञ्छनीय हुन्छ।

नयाँपनको अपेक्षा
प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल भएका कारण आगामी सरकारको नेतृत्व पनि नेपाली कांग्रेसले नै गर्ने सम्भावना उच्च छ। त्यसका लागि संसदीय दलको नेतामा निर्वाचित हुनु पूर्वसर्त हो। कांग्रेस सांसदले आफ्नो नेता छान्दा २ विषयमा भने पक्कै ध्यान पुर्‍याउलान् भन्ने अपेक्षा गर्न सकिन्छ। पहिलो, देउवाको ‘ट्र्याक रेकर्ड’। दोस्रो, निर्वाचनको सन्देश।

देउवा समयक्रममा पाँचौँपटक प्रधानमन्त्री बनिसकेका छन्। तर सुशासनको अनुभूति दिलाउन सकेका छैनन्। संसदीय दलको नेता बन्दै देउवा प्रधानमन्त्रीमा दोहोरिए भने के हुन्छ? मूलतः त्यस्तो परिस्थिति निरन्तरताको द्योतक हुन जान्छ। अर्थात्, अहिले जस्तो सरकार चलिरहेको छ, त्यस्तै सरकारले निरन्तरता पाउने छ। के देउवाको पाँचौँ कार्यकाल कुनै कोणबाट सम्झनायोग्य छ? के यो सरकारप्रति स्वयं कांग्रेसीले गर्व गर्न सक्लान्? पक्कै छैन, पक्कै सक्दैनन्। त्यसो भए देउवालाई नै दलको नेता बनाउने किन?

२०७४ को निर्वाचनमा पार्टी कमजोर बनेपछि सभापति देउवामाथि विशेष महाधिवेशन गरेर नेतृत्व छाड्न दबाब परेको थियो। तर, पार्टी र संसदीय दलमा बलियो प्रभावका कारण उनले महाधिवेशनलाई टार्न सके, संसदीय दलको नेता पनि आफैं बने। तर उनले प्रतिपक्षी नेताको भूमिका निर्वाह गर्न नसकेको घटनाक्रमले देखायो। उनी त तत्कालीन प्रधानमन्त्री केपी ओलीका सहयोगीको रुपमा चित्रित भएका थिए। त्यतिबेला गगन थापा, मीनेन्द्र रिजाल र प्रदीप गिरिजस्ता केही सांसदले मात्रै सदनमा कांग्रेसको उपस्थिति देखाएका थिए। त्यसैले अब पनि देउवा संसदीय दलको नेता बने, र प्रमुख प्रतिपक्षी दलको नेता मात्रै बन्ने परिस्थिति बन्यो भने पनि उनले त्यो भूमिका निर्वाह गर्न सक्ने देखिँदैन। के अब पनि कांग्रेस सांसद नेता सत्ताकै सहयोगी बनोस् भन्ने चाहन्छन्?

nimb
nimb
Ncell 2
Ncell 2

न प्रधानमन्त्रीको रुपमा आशा सिर्जना गर्न सक्ने, न प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा सशक्त भूमिका खेल्न सक्ने; अब पनि देउवालाई पुरस्कृत गर्नुपर्ने किन?

अर्कोतिर, यो नयाँ जनादेश प्राप्त भएको समय हो। नयाँ सपना उजागर भएको समय हो। समग्र राजनीतिमै नयाँ पात्रहरुको खोजी भइरहेको सन्देश निर्वाचनले दिएको छ। पुरानै पार्टीमा पनि नयाँ पात्रहरुलाई अघि बढ्नुपर्ने जनादेश निर्वाचनले दिएको विश्लेषण भइरहेको छ। कांग्रेस सांसदहरुले मंसिर ४ को मतादेश र जनादेशलाई सम्मान गर्नेछन् भन्ने विश्वास गर्नु असान्दर्भिक हुँदैन।

मंसिर ४ को निर्वाचनमा कांग्रेसका उम्मेदवारहरुले कुनै न कुनै रुपमा परिवर्तनका लागि मत मागेका छन्। खुलेर त्यसो भन्न नसक्नेहरुले ‘पुरानै नेतृत्वलाई दोहोर्‍याउन मत दिनुस्’ भन्न सकेका थिएनन्। समग्र निर्वाचनमै पनि प्रकट भएको परिवर्तनको चाहनालाई संसदीय दलको नेता चयनमा प्रतिबिम्बित गर्नुपर्दैन?

‘घाइते बाघ’ जस्ता ओली!
आफैंलाई प्रधानमन्त्री घोषणा गरेर १५० सिटको लक्ष्यसहित चुनावमा होमिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आधा सिटमा खुम्चिनुपरेको छ। चुनावअघि उनको एक मात्रै ध्येय आफू प्रधानमन्त्री बन्ने थियो। त्यो पूरा हुन नसकेपछि उनी ‘घाइते बाघ’ सरह भएका छन्। गठबन्धन निरन्तर रहेको अवस्थामा र कांग्रेस संसदीय दलको नेता प्रधानमन्त्री हुनासाथ ओली प्रमुख प्रतिपक्षी दलका नेता हुनेछन्।

भन्नलाई त एमालेका नेताहरुले अब रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताइरहेका छन्। तर एमालेको प्रतिपक्षीय भूमिका कति रचनात्मक हुन्छ भन्ने विषय ३ दशकको संसदीय अभ्यासका क्रममा देखिएकै छ। धेरै पर पनि जानु पर्दैन। २०७८ असारमा सत्ता छोड्नु परेपछि सदनमा एमालेले निर्वाह गरेको भूमिका सम्झिए पुग्छ। सदनमा अवरोधमा त एमालेको रेकर्ड नै कायम भएको छ।

प्रतिपक्षी दलले सरकारलाई प्रश्न सोधिरहोस् र जवाफदेही बनाइरहोस् भन्ने आम अपेक्षा पनि हुनेगर्छ। जुन संसदीय प्रणालीको सुन्दरता पनि हो। प्रतिपक्षीय भूमिकामा ओलीको विशेष क्षमता पनि छ। उनी अध्ययनशील छन्। सूचनामा पहुँच राख्छन्। सरकारका हरेकजसो निर्णयलाई आलोचनात्मक रुपमा हेर्न र तथ्यलाई ‘म्यानिपुलेट’ गर्न माहिर छन्। रोस्ट्रममा उभिएर घण्टौँ सरकारलाई ललकार्न सक्षम छन्।

अहिलेकै पारामा देउवा प्रधानमन्त्री बन्ने निश्चित भयो भने उनले घाइते बाघ जस्ता ओलीको प्रहार थेग्न सक्छन्? पक्कै सक्दैनन्। त्यो विगतमा पनि देखिएको छ। अब पनि उनैलाई संसदीय दलको नेता बनाउने हो भने सदनमा आफ्ना प्रधानमन्त्री नाजवाफ भएको हेर्न र सुन्न कांग्रेस सांसदहरु तयार बसे हुन्छ। तर आफ्ना प्रधानमन्त्रीले प्रतिपक्षीको प्रश्नमाथि तर्कपूर्ण जवाफ दिएको हेर्न चाहने हो भने चाहिँ अहिल्यै विवेक पुर्‍याउनु बुद्धिमानी हुन्छ। सदनमा शीर निहुर्‍याउने कि उठाउने? छनौट कांग्रेस सांसदहरुकै हो।

नयाँ पार्टीसँग छ नयाँ जोश
पुराना शक्ति र नेताहरुको तर्क र क्षमताको एकअर्कालाई परख भइसकेको छ। उनीहरुको मुद्दाको गहिराई र औचित्यको दायराबारे पनि आम मानिस जानकार थिए। त्यसैले पुरानैमध्येको कोही प्रधानमन्त्री हुने र पुरानैमध्येको कोही प्रतिपक्षी दलको नेता हुने परिस्थितिप्रति धेरै मन्थन नगरे पनि हुन्थ्यो। तर सदनमा यतिबेला पुराना शक्ति मात्रै छैनन्। नयाँ पार्टी र नयाँ सांसदहरु आइपुगेका छन्। उनीहरुसँग नयाँ भाषा छ, नयाँ शैली छ, नयाँ अजेन्डा छ, जोश छ, हुटहुटी छ।

सञ्चारकर्ममा रहँदा प्रश्न सोधेरै चर्चामा आएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बलियो उपस्थिति छ। उनीहरुलाई बलियो प्रतिपक्षीको भूमिका निर्वाह गरेर आफ्नो उपस्थितिको पुष्टि गर्नु छ। अर्कोतिर, सो दलमा रहेका युवायुवतीले परम्परागत दलहरुले सुरक्षित ठानेकै क्षेत्रमा चुनाव जितेर आफूमा उत्साह बढाएका छन्। त्यसको प्रतिबिम्ब सदनमा पनि प्रकट हुनेछ।

दक्षिणपन्थी भनिएको राप्रपा बौरिएको छ। अघिल्लो प्रतिनिधि सभामा एउटा मात्रै सांसद रहेको राप्रपा यसपटक प्रत्यक्षमै ७ र समानुपातिकतर्फ ७ गरी १४ सिटमा विस्तार भएको छ। ती दलले आफ्नो उपस्थितिको औचित्य खोज्नेछन्। पक्कै पनि गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी शासन पद्धति र संघीयता लगायत पछिल्ला उपलब्धिप्रति प्रहार केन्द्रित गर्नेछन्।

चर्को स्वरमा आवाज उठाउने दल र नेता मात्रै होइन, सीके राउतजस्ता शान्त स्वरमा किसानका समस्या र बेरोजगारीको समस्या उठाउने दल पनि छन्। सबै प्रश्न झेल्नुपर्ने, काम गरेर प्रश्नको जवाफ दिनुपर्ने चातुर्य भएको प्रधानमन्त्रीको खोजी सान्दर्भिक छ। तर देउवाले त्यो क्षमता राख्छन्? कांग्रेस सांसदहरुले अरुलाई होइन, आफैंलाई जवाफ दिए पुग्छ।

खोजी ‘स्मार्ट’ व्यक्तित्वको
उल्लेखित सबै विषयको पृष्ठभूमिको निष्कर्ष के हो भने, यतिबेला सत्ताको नेतृत्व गर्ने व्यक्ति अलिकति स्मार्ट चाहिएको छ। समयको स्पन्दन बुझ्न सक्ने र भविष्यको लक्ष्य पहिल्याउन सक्ने नेतृत्व चाहिएको छ। पार्टीहरु पुरानै भए पनि केही छैन, तर शासनभारको नेतृत्वमा नयाँपन होस्। त्यो वातावरण बनाउने जिम्मेवारी यतिबेला कांग्रेसी सांसदको काँधमा आएको छ।

३ दशकदेखिको नेतृत्व, जसको ओज खुइलिइसकेको छ, जो ‘प्रधानमन्त्री बन्यो रे!’ भन्दा कसैमा जोश वा ऊर्जा आउँदैन, अब केही होला भन्ने आशा लाग्दैन, त्यस्ता व्यक्तिलाई अब पनि प्रधानमन्त्री बनाउन खोज्नु भनेको समयको सान्दर्भिकतालाई नबुझ्नु हो। काठमाडौंबाट हिँडेर पोखरा जान खोज्नु जस्तै हो।

नयाँ व्यक्ति र नयाँ नेतृत्व आउँदैमा उत्पात केही भइहाल्ला भनेर दाबी गर्न सक्ने स्थिति छैन। संस्थागत क्षमता र छविमा तीव्र गतिमा भइरहेको क्षयीकरणले यो देश ‘जो आउँछ, उही पुरिने’ खाडल जस्तो भएको निश्चित नै हो। तर एउटा निर्वाचनले शासनमा थोरै पनि नयाँपन दिलाउन सक्दैन भने, थोरै पनि आशा सिर्जना गर्न सक्दैन भने हाम्रो लोकतन्त्रकै दुर्भाग्य हुन जान्छ। त्यो दुर्भाग्यलाई थोरै भए पनि किनाराकृत गर्ने दायित्व यतिबेला कांग्रेस सांसदहरूले निर्वाह गर्नुपर्ने भएको छ।

थापालाई संसदीय दलको नेताका लागि उम्मेदवार बनाउँदा धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल समर्थक भए। उनीहरुसहित बद्री पाण्डे, जीवन परियार, रामकृष्ण यादव, चन्द्र भण्डारी लगायतका युवा नेताहरु एक ठाउँमा उभिएर दिएको सन्देश हो- ‘हामी कांग्रेसको रुपान्तरण गर्न एकजुट भएका छौँ।’ मंगलबारको दृश्यपछि कांग्रेसभित्र पुस्तान्तरणको आवाजलाई बलियो बनाउँदै सुखद ‘सरप्राइज’ दिने आकलन संस्थापन इतर समूहले गरेको छ। जुन दृश्य धेरैले हेर्न चाहेको हो भन्नु अत्युक्ति हुनेछैन। बरु अब जनताका प्रतिनिधि भएर आएका कांग्रेस सांसदहरुको परीक्षण सुरु भएको छ, उनीहरु कांग्रेसको कस्तो भविष्य चाहन्छन्?

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १८:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजित बालविवाह तथा दाइजो प्रथा उन्मूलनसम्बन्धी कार्यक्रममा बोल्दै उनले समाजमा लैंगीक समानता कायम न... आइतबार, जेठ १०, २०८३
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण धनगढीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीभित्र सहकार्य र समन्वयको आवश्यकता औँल्याउँदै वर्तमान राजनीतिक परिस्थितिमा नेपाली... आइतबार, जेठ १०, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा काठमाडौँमा आयोजित कार्यक्रममा अभियानको औपचारिक घोषणा गर्दै ३३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो। आइतबार, जेठ १०, २०८३
ताजा समाचारसबै
मिलोसेभिकको पतनपछि सर्बियामा दोस्रो ठूलो प्रदर्शन आइतबार, जेठ १०, २०८३
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता आइतबार, जेठ १०, २०८३
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण आइतबार, जेठ १०, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
कोशी प्रदेश सभा: नीति तथा कार्यक्रममाथि छलफल सुरु आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्