• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कानुनी छिद्र देखाउँदै यी तन्नेरी

64x64
नेपाल लाइभ बिहीबार, साउन २४, २०७५  ०८:०१
1140x725

केही दिनअघि संसदमा सर्वोच्चमा पदमा आसिन एक कालो कोटधारीको शैक्षिक योग्यतामाथि बहश भइरहेको थियो । त्यही संसद रहेको शहरको एक कुनामा ८ जना कालो कोटका आकांक्षी (कानूनका विद्यार्थी) यो देशको कानून बन्ने प्रक्रियामाथि बहश गरिरहेका थिए। 

संसदको वहश पट्यारलाग्दो भइसकेको थियो। न्यायअन्यायको तुलो बोकेर हिँड्नेहरुको योग्यतामाथि प्रश्न चिह्न यसैपनि दिक्कलाग्दो कुरा हो। त्यसैमाथि हरेकपल्ट दोहोरिनु पट्यारलाग्दा भन्दा बढी डरलाग्दो कुरा हो। न्यायमूर्ति भनिनेप्रति निराशा जाग्ने यो प्रसंगबाट बाहिर निस्केर आशा लाग्दा कालोकोटका आकांक्षी युवाहरु सस्मित पोखरेल, सक्षम प्याकुरेल, कुमार सिलवाल, श्रेया जोशी, अनुष्का पन्त, अविषी दाहाल, अस्मिता कक्षपति र आयुष कोइरालालाई भेटिएको थियो।

त्यही कालोकोटको आकांक्षा बोकेर आएको यो नयाँ पुस्ताले शहरको एक कुनामा गरिरहेको कामले आशा जगाउँछ । एक पेशामाथि उठ्दै गरेको जनविश्वास भविष्यमा फर्किन सक्ने संकेत गरिरहेको छ। 

सवैलाई एक ठाउँ ल्याएर नयाँ तरिकाले अघि बढ्न उक्साउने व्यक्ति काठमाडौं युनिभर्सिटी बिएल दोस्रो वर्षमा अध्ययन गरिरहेका सस्मित पोखरेल हुन्। अमेरिका इन्फरमेसन टेक्नोलोजीमा पढेर उनी देशमै ‘केही गर्न’ फर्केका हुन्। नेपाली युवाले दिनरात अमेरिकाको सपना देखिरहेका बेला यी तन्नेरीको नेपाल फिर्ती आफैंमा एउटा आशाको सञ्चार गर्ने विषय सक्छ। उनको अनुसार नेपालमै आफ्नो भविष्य खोज्ने गरी अमेरिकाबाट एउटा जमातै फर्केको छ  र फर्किन खोजिरहेको छ। 

नेपाल फर्किएका सस्मितको चाहना कानूनलाई आइटीसँग जोड्ने हो। त्यसैले कानून पढिरहेका छन् र सँगै यसका लागि ‘एप्लिकेशन’ बनाउने काममा सक्रिय छन्। हालसम्म उनको आत्मविश्वासमा काठमाडौं सडकको हिलो छ्यापिइसकेको छैन। त्यसकारण उँचो स्वर गरेर भनिरहेका छन्, ‘देश त हाम्रो पुस्ताले बनाउने हो।’ उनको जस्तो आत्मविश्वास रहेको युवा पुस्ताले अहिले निराशाको धुलोले ढाकेको काठमाडौंमा आशाको अक्सिजन खोजिरहेको छ। 

देशमा तीन तहका सरकार छन्। तीनै विभिन्न कानून, नीति, रणनीति, नियम, नियमावली बनाउन व्यस्त छन्। सस्मित र उनीसँग जोडिएका अरु ७ जना कानूननका विद्यार्थीहरुलाई यो बन्ने प्रक्रिया अजब–गजब लागिरहेको छ। ‘कसैले तयार पारेर ल्याएको विधेयक प्रशस्त छलफल विना तरर ताली बजाएर पास हुन्छ,’ बिएल पाँचौं वर्षमा अध्ययनरत श्रेया जोशीले यति भनेर कटाक्षदर्शी मुस्कान फ्याँकिन्।

जति यो देशमा नीतिनियम बन्ने प्रक्रिया उनीहरु बुझ्दै गइरहेका छन्, कानूनका विद्यार्थीका हिसाबले त्यति नै चकित पर्दै गइरहेका छन्। देशलाई डोर्‍याउन नीतिनियम बन्दै गर्दा लाग्ने गरेको पार्टीको ह्वीप देखेर अच्चम्म लागिरहेको छ, आयुष कोइरालालाई। उनको प्रश्न छ, ‘यस्ता दीर्घकालिन प्रभाव र महत्व भएका विषयमाथि त स्वतन्त्र बहश हुनु पर्ने होइन र?’

Ncell 2
Ncell 2
nimb
nimb

यसबीचमा यो समूहले प्रदेश र संघका केही सांसद भेटेको छ। आफूले बनाइरहेका नीति नियमहरु बारे उनीहरुको सामान्य ज्ञान बुझेको छ। त्यसबाट बिएल चौथो वर्षकी विद्यार्थी अनुष्का पन्तको मनमा जिज्ञासा उठेको छ, ‘देशको कानून बनाउने ठाउँमा पुगेका मान्छेहरुमा न्युनतम कानूनी ज्ञान त हुन पर्ला नि!’

'नभए पनि चल्छ' भन्ने वास्तविक संसारमा यो पुस्ता घुसिसकेको छैन। विवेकशिल साझाका तर्फबाट प्रदेश नं ३ मा सांसद बनेका विराजभक्त श्रेष्ठ यही उनीहरुको बलियो पक्ष रहेको ठान्छन्। उनी भन्छन्, ‘उहाँहरुलाई के भइरहेको भन्ने भन्दा पनि के हुनुपर्छ थाहा छ।’

केही समयअघि प्रदेश महान्याधिवक्ताको काम, कर्तव्य र अधिकार प्रदेश संसदले पास गर्नुअघि सांसद श्रेष्ठले यो समूहलाई अध्ययनका लागि दिएका रहेछन्। यो समूहले २४ घन्टाभित्र कारण सहित २१ बुँदामा संशोधन हुनुपर्ने निष्कर्ष निकाल्यो। सांसद श्रेष्ठ प्रभावित भए। उनले त्यही संशोधन संसदमा दर्ता गराए पनि। तर, केन्द्र सरकारको अनुमति चाहिने र प्रदेश सरकारमा उनको पार्टीको अल्पमतको  शिकार भयो संशोधन। 

समूहको नेतृत्व गर्ने सस्मित पोखरेल भन्छन्, ‘अस्वीकृत भएपनि रेकर्डमा छ। भोलि अप्ठ्यारो परेका समयमा त्यो बेला यस्तो संशोधन परेको थियो भन्ने कुरालाई नजिरका रुपमा लिएर न्यायधिशले फैसला सुनाउन सक्छ।’

Xtrem

Xtrem

त्यसपछि युवा सांसद श्रेष्ठले उनको समूहलाई प्रदेश ३ को सरकारले पारित गर्न लागेका विधेयकहरु निरन्तर पठाउँछन् र प्रतिक्रिया लिन्छन्। अहिले आफूले पेश गर्न लागेको ‘इन्भाइरोमेन्ट प्रोटेक्सन एक्ट’को खाका बनाउन सांसदले श्रेष्ठले यही समूहलाई जिम्मा दिएका छन्। 

कुनै विधेयक आफूले प्राप्त गरेपछि त्यसलाई अध्ययन गरेर कानूनी त्रुटी, विश्वले गरिरहेको अभ्यास र नेपालको अवस्थालाई लिएर धारणा बनाउने गरिएको बिएल चौथो वर्षका विद्यार्थी सक्षम प्याकुरेल बताउँछन्। 

कानून सैद्धान्तिक भन्दा बढी व्यवहारिक विषय रहेको बिएल पाचौं वर्षका विद्यार्थी आयुष कोइरालालाई लाग्छ। यही कारणले पहिले पढाइमा कमजोर विद्यार्थीले कानून रोज्ने गरेको उनी बताउँछन्। ‘देशलाई सही मार्गमा डोर्‍याउने, नागकिरलाई जिम्मेवार बनाउने र न्याय दिने विषय कसरी सैद्धान्तिक हुन्छ?’ उनले प्रश्न गरे। 

कानूनको व्यवहारिकतालाई बेवास्ता गरेकै कारण एउटा व्यक्ति, एउटै मुद्दामा सरकारी सेवामा हुँदा सरकारका तर्फबाट र सेवा निवृत्त हुँदा अर्को तर्फबाट बहश गर्ने ‘लुपहोल’ रहेको सस्मित बताउँछन्। उनी भन्छन्, ‘कानूनका व्यवहारिक पक्षमाथि प्रशस्त बहश नभएकै कारण यस्तो समस्या आइरहेका छन्।’

सवै सांसद कानून जान्ने नै हुनुपर्छ  भन्दा पनि यस्ता विषयमा सहायता लिनुपर्ने धारणा बिएल पाचौं वर्षका विद्यार्थी कुमार सिलवालको छ। ‘संसदमा कुनैपनि कानून बनिरहँदा त्यसका विज्ञसँग परामर्श गरेर लिइएका धारणा राख्ने चलनको विकास सांसदमा हुनुपर्छ,’ उनी भन्छन्, ‘उनीहरु हरेक कुराका आफैं विज्ञ हुन सक्दैनन्। तर, विज्ञहरुका पनि प्रतिनीधि उनीहरु नै हुन्।’

बिएल तेस्रो वर्ष पढने अविषी दाहाल कानूनका विद्यार्थीहरुको पनि कमजोरी देख्छिन्। ‘पहुँच पुग्ने ठाउँसम्म आफैं सक्रिय भएर यस्ता विषयमा जानकारी गराउन हामीले सक्नुपर्छ,’ उनले भनिन्, ‘यसले एकातिर हाम्रो ज्ञानको प्रयोग हुन्छ। अर्कातिर थोरै भएपनि ‘इनपुट’ दिन पाइन्छ।’

कानून पढाइने कलेज राजनीतिक अखडा बनेकाले कालोकोटमा धुलो टाँसिएको अनुमान अस्मिता कक्षपतिले गरेकी छिन्। उनी भन्छिन्, ‘अहिले वकिल भनेपछि ‘सिध्याउँछ’ भन्ने आम मानिसमा परेको छ जहाँ अन्याय विरुद्ध कानूनका सहायताले न्याय पाइन्छ भन्ने मान्यताको विकास हुनुपथ्र्यो, त्यहाँ ढुंगामुढा गर्न सिकाइयो।’ 

कानूनका विद्यार्थीहरुको यो गठजोडलार्इ नमूना बनाउने उनीहरुको लक्ष्य छ।  विद्यार्थीहरु हिजोका दिनमा पनि परिवर्तनका संवाहक थिए भन्ने उनीहरुलाई ज्ञान छ। ढुंगामुढा र टायर बालेर परिवर्तनमा सघाएको उनीहरुले बुझेका छन्। त्यसैले उनीहरु सवै विद्यार्थीवर्गमा आग्रह गर्छन्, ‘परिवर्तन संवाहक हामी नै हौं तर अब बल होइन, बुद्धिको प्रयोग गरौं।’
 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०७५  ०८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो बुधबार, असोज ७, २०८३
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्