• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

संसदीय पद्धतिप्रति राष्ट्रपति भण्डारीको अनदेखा

डा चन्द्रकान्त ज्ञवाली बुधबार, पुस ६, २०७९  १०:४७
1140x725

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि दावी पेस गर्न आइतबार ७ दिनको समयसीमा तोकेर दलहरुलाई आह्वान गर्नुभयो। राष्ट्रपति कार्यालयबाट जारी सूचनामा संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि आह्वान गरिएको छ। जबकि यो पक्रियामा संवैधानिक प्रश्न खडा भएको छ।  

सांसदलाई सपथ ग्रहण नै नगराइ सरकार गठन गर्ने प्रक्रिया अघि बढाउनुले संवैधानिक प्रश्न खडा भएको छ।  नेपाल संसदीय शासन पद्धति अँगालेको मुलुक हो। संसदीय शासन पद्धतिले अप्रत्यक्ष र प्रत्यक्ष लोकतन्त्रको अभ्यास गर्ने हो। संसदीय शासन प्रणालीमा जनतामा निहित सार्वभौमसत्ता र राजकीयसत्ता हुने गर्छ।

जनताले आफ्नो प्रतिनिधिलाई बालिग मताधिकारमार्फत आवधिक निर्वाचनबाट संसदमा प्रतिनिधिहरु चयन गरेर पठाउने गर्छन्। सरकार गठन गर्नुभन्दा पहिला संसदमा ती प्रतिनिधिहरुले सपथ लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ। हाल विश्वका ६६ मुलुकमा यो अभ्यास भएको देखिन्छ।  

निर्वाचन आयोगले निर्वाचन परिणाम सार्वजनिक गरेको ३० दिनभित्र राष्ट्राध्यक्षबाट संसद् अधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता छ। निर्वाचन आयोगले गत मंसिर २६ गते निर्वाचन परिणाम सार्वजनिक गर्यो। आयोगले राष्ट्राध्यक्षलाई अन्तिम परिणाम पनि बुझाइसकेको छ। परिणाम प्राप्त भएको ३० दिनभित्र राष्ट्राध्यक्षले संसद् अधिवेशन आह्वान गर्नैपर्छ। त्यसपछि सांसदहरुले सपथ लिनुपर्ने हुन्छ।

सपथ लिनु भनेको संविधान,  देश र जनताप्रति, विधिको शासनप्रति जवाफदेही बन्नु हो। त्यो एउटा प्रतिवद्धता पनि हो। त्यो कमिटमेन्ट भइसकेपछि बल्ल सांसद भएको संसदले चिन्छ। 

यति गरिसकेपछि बल्ल नेपालको संविधानको धारा ७६(१) देखि ७६ (५) सम्म सरकारको प्रक्रिया अघि बढ्छ। संसदको अधिवेशन ३० दिनभित्र बोलाउनुपर्छ भने सरकार गठन चाहिँ ३५ दिनभित्र गर्ने हो। त्यो पनि संसद्बाट गर्नुपर्ने हुन्छ। त्यसका लागि संसदीय दलको नेता चयन गर्नुपर्छ।

यो चुनावको परिणाम अनुसार धारा ७६(१) बमोजिम एकल बहुमतको सरकार बन्न सक्ने स्थिति देखिँदैन। यस्तो अवस्थामा धारा ७६(२) आकर्षित हुन्छ। ७६(२) अनुसारमा प्रतिनिधि सभामा दुई वा दुईभन्दा बढी दल जसले १३८ जना संसद् संख्या पुर्याउँछ उसैले सरकार बनाउने हो।

त्यस कारण राष्ट्राध्यक्षले आह्वान गरेको धारा ७६(१) मा संसदीय दलको नेता चुन्नुपर्ने अवस्थामा चाहिँ कुनै पनि पार्टीले बहुमत ल्याउन नसकेको कारणले ७६(२) बमोजिम प्रेरित भएको जस्तो देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

संसद् भित्रैबाट बहुमत पुग्यो, पुगेन?, बहुमत पुगेन भने संयुक्त सरकार गठन गर्ने, संयुक्त सरकार भएन भने अल्पमतको सरकार गठन गर्ने, त्यो पनि भएन भने कुनै पनि सांसदले दावी गर्न पाउने भन्ने छ। त्यो पनि संसदकै प्रक्रियाबाट जानुपर्ने हुन्छ।  

राष्ट्रपतिले अहिले ७ दिनको समयसीमा राखेर प्रधानमन्त्री चयन गर्नका लागि आह्वान गर्नुभएको छ, त्यो कुरा संसद्ले चिन्दैन। संसदीय प्रक्रियाले चिन्दैन। संसदीय मूल्य मान्यताले चिन्दैन। संविधानमा भएको व्यवस्थाको विरुद्धमा हुन्छ। यो सिधा बाटोबाट आएन। हाम्रो संविधानले गैरसंसदीय अभ्यासलाई अँगालेको छैन। त्यसैले यसमा गम्भीर त्रुटि हुन पुगेको देखिन्छ। 

राष्ट्राध्यक्षले सरकार गठनका लागि तोक्नुभएको ७ दिनको जुन म्याद छ, त्यो उहाँको क्षेत्राधिकारभित्र पर्दैन। उहाँको क्षेत्राधिकार भनेको पहिले संसद् अधिवेशन बोलाउने नै हो। त्यो नै बैध हुन्छ। 

सपथ नै नलिई कसरी सांसद भयो?, त्यो सांसद कोप्रति उत्तरदायी हुने?, संसद् त जनताप्रति उत्तरदायी हुने हो नि। सरकार संसद्प्रति उत्तरदायी हुने हो। सरकार संसदबाट बनेन, संसदले सरकार बनाउन सकेन भने मात्र अन्य विकल्पमा जान पाउने संवैधानिक व्यवस्था छ। 

सरकार राष्ट्रपतिप्रति उत्तरदायी बन्ने कुरा हाम्रो संविधानले परिकल्पना गरेको छैन। राष्ट्रपति संवैधानिक हो, कार्यकारी त होइन। त्यसैले संविधानको धारा ९३ बमोजिम राष्ट्रपतिले पहिलो संसद् अधिवेशन नै आह्वान गर्नुपर्छ।

राष्ट्रपतिले ३५ दिनभित्र जहिले पनि सरकार गठनका लागि आह्वान गर्न सक्छन्। सातै दिनमा गर्नुपर्छ भन्ने छैन। संविधानमै ३५ दिनको त समयसीमा तोकिएको छ। सरकार बनाउन ३५ दिन किन भनियो त? हो यहाँनेर संसद् अधिवेशनको आवश्यकता देखियो।

२०७४ सालमा पनि संसद् अधिवेशन नबोलाई, सपथ ग्रहण नगराई सरकार गठन गरिएको थियो। कि त्यसैलाई बैधता दिनका लागि राष्ट्रपतिले अहिले सरकार गठनको आह्वान गर्नुभयो? त्यतिबेला पनि गलत थियो। त्यसबेला पनि हामी धेरै बौल्यौं। मिडियाहरु पनि धेरै बोलेका थिए। तर त्यतिबेलाको गल्तीलाई पनि स्वीकार गर्न सकिएन। अहिले पनि त्यही गल्तीलाई दोहोर्याएको देखिन्छ। 

अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने पनि पहिले संसद् अधिवेशन बोलाउने गरेको पाइन्छ। सांसदले सपथ लिन्छन्। संसदीय दलको नेता चुन्छन। त्यसपछि मात्रै सरकार गठन गर्छन्। मैले ६६ मुलुकको अध्ययनमा यही भेटाएको छु। 

यहिँ त राष्ट्रपतिले संवैधानिक प्रक्रियालाई नै अनदेखा गर्नुभयो। राष्ट्रपतिले गैरसंसदीय प्रणालीको मार्ग प्रयोग गर्नुभयो। गैरसंसदीय शासन पद्धतिले गर्ने भनेको यही हो। निर्वाचित भएर आएका राष्ट्रतिलाई मात्रै यो अधिकार हुने गर्छ। तर संसदीय व्यवस्थामा यो हुनुहुँदैन।

राष्ट्रपतिको आह्वानअनुसार ७ दिनभित्र दलहरु सरकार गठनका लागि जाने कि नजाने? संवैधानिक र नैतिक प्रश्न उब्जेको छ। दलहरुलाई सरकार गठन प्रक्रियामा धर्म संकट पर्ने निश्चित देखिएको छ।

राष्ट्रपतिले ७ दिनको पत्रलाई फिर्ता लिनुपर्छ। त्यसपछि संसद् अधिवेशन आह्वान गर्नुपर्छ। अनि सांसदहरुलाई सपथ ग्रहण गराएर, संसदीय दलको नेता चयन गरेर प्रक्रिया अघि बढाउनुपर्छ। 


(संविधानविद् डा ज्ञवालीसँग नेपाल लाइभका भूपेन्द्र शाह ठकुरीले गरेको कुराकानीमा आधारित।)

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  १०:४७
  • #सरकार_गठन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्