• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
नयाँ सांसद

विनितालाई अकस्मात् आइलागेको राजनीतिक विरासत

64x64
धनु विश्वकर्मा सोमबार, पुस ४, २०७९  १३:२७
1140x725

काठमाडौं– ७ वर्ष अगाडिको कुरा हो। माइला हजुरबुवा अदानसिंह कठायतको देहावसान हुनु ३ दिनअघि विनिता (ब्रिन्दा) जुम्लाको चन्दनाथ मन्दिारमा सँगै थिइन्। बिरामी हजुरबुवाले एक्कासी सोधे, ‘पनातिनी तँ पनि राजनीति गर्छेस्?' 

उनले मुन्टो लुकाइन्, लजाउँदै छेलिइन् र भनिन्, ‘क्यामेरा कसले चलाउँछ?’ ३ दिनपछि हजुरबुवा अदानिसंहको निधन भयो। अदानसिंह पञ्चायतकालमा राजनीति गरेर राजपरिषद् स्थायी समिति सदस्यका साथै मन्त्री भइसकेका थिए। 

‘जीजुबुवा जीवित भएको भए सबैभन्दा खुसी उहाँ हुनुहुन्थ्यो होला,’ सांसद् भएपछि उनलाई अहिले लागिरहन्छ, ‘हजुरबुवाको आशीर्वाद लाग्यो मलाई।’ 

केही समय अघिसम्म राजनीति उनको खास रुचिको विषय थिएन। सुन्न र बुझ्न मन थियो। आफू गर्छु भन्ने कहिल्यै लागेको थिएन। तर उनी राजनीतिमा आइपुगिन्। आइपुगिन् मात्रै होइन, राष्ट्रिय स्वतन्त्र पार्टीकका तर्फबाट समानुपातिकमा उनी प्रतिनिधि सभा सांसद बनिन्। ‘विश्वास नै थिएन तर, भाग्यले दिएपछि कसको के लाग्छ र?’ उनले हाँस्दै भनिन्।

अकस्मात् आइलागेको विरासत
विनिताको जन्म २०५२ सालमा चन्दनाथ गाउँपालिकाको खलङ्गा बजारमा भएको हो। उनको परिवार नै राजनीतिक हो। हजुरबुवाका ७ वटा दाजुभाइ थिए। १ जना हजुरबुवा कमलसिंह कठायत प्रधानपञ्च थिए। कमलसिंह ५ जिल्लाका मुखिया पनि थिए। माइला हजुरबुवा अदानसिंह कठायत पञ्चायतकालमा कृषीमन्त्रीसमेत भएको कठायत बताउँछिन्। उनका हजुरबुवा नारायणसिंह कठायत भने स्थानीय विकास अधिकारी थिए। 

binita-21671348644.jpg

राजनीतिक परिवारमा हुर्केकी विनिताको भने राजनीतिमा लाग्ने कल्पनासमेत थिएन। तर परिवारको राजनीतिक विरासतबारे भने जानकारी थियो। जुम्लामा हवाईमार्ग आफ्ना हजुरबुवा आदानसिंहको पालामा निर्माण भएको उनले सुनेकी थिइन्। जुम्लामा पहिलोपटक निजी विद्यालय कनकी निशा बोर्डिङ स्कूल पनि उनकी फुपु अमृता कठायत बस्नेतले सञ्चालन गरेकी थिइन्। 

अहिले उनको परिवार नेपाली कांग्रेसनिकट छ। दाजु अर्जुनसिंह कठायत २०७४ सालमा स्वतन्त्रबाट चन्दनाथ नगरपालिका- ५ को वडाअध्यक्ष निर्वाचित भएका थिए। अर्का दाजु नेपाली कांग्रेसबाट बागी जितेका राजुसिंह कठायत चन्दननाथ नगरपालिकाको मेयर छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

राजनीतिक परिवार भए पनि सांसद भने उनका हजुरबुवा अदानपछि विनिता भएकी छन्। अर्थात् अकस्मात् उनीमाथि विरासत आइलागेको छ। 

अकस्मात आइलागेको परिवारको विरासतलाई विनिता निरन्तरता दिँदैछन्। हिरोइन बन्ने सपना बुनेकी विनिता भने अब संसदमा युवा सांसद भएकी छन्। उनी भन्छिन्, ‘मलाई राजनीतिको पारिवारिक विरासत थाम्ने जिम्मेवारी आइलाग्यो।’

फिल्म, टेलिभिज र अब संसद्
विनिताले ४ वटा फिल्ममा काम गरिन्। अन्य विभिन्न कलाका क्षेत्रमा कस्ट्युम स्टाइलिस्टका रुपमा काम गर्थिन्। डेढ वर्ष अगाडि ग्यालेक्सी टेलिभिजनमा काम गरिन्। उनले न्युज एंकरको कस्ट्युम स्टाइलिस्टमा काम गरिन्। ग्यालेक्सीमा प्रसारण हुने ‘पर्खाल बाहिरको नेपाल’ भन्ने कार्यक्रमको निर्माता थिइन्। विभिन्न राजनीतिक व्यक्ति आउँथे। आफ्नो काम बाहेक अन्य कुरासँग खासै सरोकार थिएन।

सोही टेलिभिजनका एक टेलिभिजनकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरे। त्यति हुँदा पनि उनलाई यो रुचिको विषय बनेन। सोही टिभीका सहकर्मीमध्ये दीपक बोहराले एक दिन प्रस्ताव गरे, ‘बहिनी तिमी समानुपातिकबाट सांसद्का लागि उम्मेदवार बन्छ्यौ?’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले ठट्टा ठानिन् र हाँसेर उडाइन्। उनलाई विश्वास लागेन। दीपकले फेरि दोहोर्‍याए र केही गम्भीर कुरा पनि गरे। त्यसपछि विनिताले परिवारसँग सल्लाह गरेर निर्णय दिने बताइन्। तर उनलाई राजनीतिमा अझै रुचि नजागेकाले टार्न बहाना थियो त्यो। 

फेरि केही दिनपछि युवाहरु राजनीतिमा आउनुपर्ने कुराबारे दीपकले लामो कुरा गरे। राजनीतिबाट परिवर्तन जरुरी रहेको कुरामा जोड दिए। त्यसपछि भने विनितालाई लाग्यो- मेरो पनि योगदान जरुरी छ।

उनले फेरि २ दिन मागिन्। जुम्लामै रहेका बुवालाई फोन गरिन्। दाइलाई भनिन्। दाइ कांग्रेसमा सक्रिय रहेकाले आफ्नो राजनीतिक भविष्यमा असर पर्ने सम्भावना दर्शाए। बुवाले अनुमति दिए आफ्नो करिअरका कारण बहिनीका लागि बाधा नहुने वाचा उनका दाइले गरे।

उनले बुवालाई भिडियो कलमार्फत् कुरा गरिन्। राष्ट्रिय स्वतन्त्र पार्टीले पीछडिएको क्षेत्रबाट समानुपातिक उम्मेदवार बन्न प्रस्ताव गरेको बताइन्। बुवाले खुसी व्यक्त गरे। अघि बढ्न शुभकामना दिए। ‘म जुम्लाको भएर गर्दा झन् सजिलो भयो,’ उनी भन्छिन्। पढेलेखेको कर्णालीको मान्छेको खोजी भइरहेको समयमा रविले आफ्नै सहकर्मी देखेका थिए र प्रस्ताव गर्न लगाएका थिए।

उनी उम्मेदवार बन्दासम्म पार्टी सदस्य थिइनन्। उनलाई सबै सपना जस्तो महसुस भइरहेको थियो। टेलिभिजनको कामबाट राजीनामा दिनुपर्ने भयो। हुँदाखाँदाको जागिर छाडेर गलत कदम उठाएँ कि भन्ने डरले डेरा जमायो। पटक-पटक यही प्रश्नले उनलाई दोधार पारिरह्यो।

टिभी छाडेपछि पार्टीका कार्यक्रममा जान थालिन्। उम्मेदवारको घोषणासँगै हरेक दिन पार्टीका अग्रज नेताहरुका कुरा सुन्न थालिन्। सबैसँग भिज्न थालिन्। पार्टीको प्रि-इलेक्सन भयो। पिछडिएको क्षेत्रबाट सबैभन्दा धेरै मत पाइन्। 

binita-11671348644.jpg

स्थानीय तहको निर्वाचनमा धरानबाट हर्क साम्पाङ, काठमाडौंबाट बालेन शाह र धनगढीबाट गोपाल हमाल मेयरमा निर्वाचित भएका थिए। त्यो चुनावको परिणामले उनमा आफ्नो पार्टीले जित्ने आशा थियो। तर चौथो ठूलो पार्टी बन्छ भन्ने लागेको थिएन। उनले आफू सांसद बन्ने त कल्पनै गरेकी थिइनन्। ‘कहिलेकाहीँ एक्कासी गरेको निर्णय पनि सही हुँदो रहेछ’, उनले भनिन्। 

परिवार कांग्रेस, विनिता रास्वपा!
विनिता रास्वपाबाट सांसद निर्वाचित भइसकेकी छन्। उनको परिवारका सबैजना नेपाली कांग्रेस छन्। रास्वपामा उनी अहिले एक्ली छिन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा दाजु अर्जुनसिंह कठायत चन्दननाथ नगरपालिका- ५ मा वडाध्यक्ष निर्वाचित भएका थिए। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार (नेपाली कांग्रेसबाट बागी) बनेका उनका अर्का दाजु राजुसिंह कठायत निर्वाचित भएका छन्। उनका हजुरबुवाका पालामा सबै जना पञ्चायतका पक्षधर थिए। 

पछि बुवाका पाला भने नेपाली कांग्रेसमा आबद्ध भए। पारिवारिक हिसाबले नजिक भए पनि पार्टीमा उनको कुनै भूमिका थिएन्। कहिले पनि कांग्रेसमा प्रत्यक्ष संलग्न भइनन्। राजनीतिमा रुचि नभएकाले पनि उनले कांग्रेससँग अपनत्व महसुस गरिनन्। 

बाल्यकालदेखि हुर्काइ र पढाइ नै काठमाडौंमा भयो। जसले गर्दा उनलाई कहिल्यै पनि पारिवारिक राजनीतिले छोएन। सांसदमा निर्वाचित भएपछि भने परिवार र सिंगो जुम्लाले खुसी व्यक्त गरिरहेको छ। 

निर्वाचन आयोगको अन्तिम नतिजापछि भने बधाई थाप्न भ्याइ-नभ्याइ छ। ‘नचिनेका व्यक्तिले पनि फोन गर्नुहुन्छ। खुसी व्यक्त गर्नुहुन्छ,' उनले भनिन्, ‘नागरिकसँग धेरै अपेक्षा छन्। ती अपेक्षा अनुरुप काम गर्नुपर्नेछ।’ 

अभिनेत्री बन्ने रुचि, तर नेतृ
काठमाडौंको कालोपुलस्थित सेतो बंगला विद्यालयमा उनले ९ कक्षासम्मको अध्ययन गरिन्। एसएलसी भने जुम्लाबाट गरिन्। लामो समय होस्टेलमा बसेर अध्ययन गरिन्। 

विद्यालयमा अन्तरविद्यालय सांस्कृतिक कार्यक्रम हुन्थ्ये। राम्रो नाच्थिन्। उनलाई नाच्न एकदम मन लाग्थ्यो। हिरोइन बन्ने रहरले उनले फिल्म नै पढिन्। भारतीय दूतावासबाट छात्रवृत्तिमा भारतमा पढ्ने अवसर पाइन्। भारतको देहरादुन विश्वविद्यालयबाट राजनीतिक शास्त्रबाट प्लसटु पढिन्। त्यसपछि मुम्बईको जी इन्स्टिच्यूट अफ मिडिया आर्टबाट डिप्लोमा इन फिल्म मेकिङ पढिन्। 

पढाइ सकाएर नेपाल फर्किइन्। फिल्म निर्माता तथा अभिनेता निश्चल बस्नेतसँग उनको पारिवारिक सम्बन्ध छ। निश्चलकी आमा अमृता कठायत बस्नेत उनकी फुपु हुन्। होस्टेलमा बस्दा बिदाको समयमा उनी निश्चलको घर आउजाउ गरिरहन्थिन्। 

सिनेमा क्षेत्रमा नै भविष्य बनाउने योजना थियो उनको। ‘लुट २’ मा पहिलोपटक असिस्टेन्ट डाइरेक्टरको रुपमा काम गरिन्। पछि ‘होस्टेल रिटर्न्स’मा पनि असिस्टेन्ट डाइरेक्टरको काम गरिन्। ‘चपली हाइट’ र ‘चिसो मान्छे’मा कस्ट्युम स्टाइलिस्टका रुपमा काम गरिन्। 

अभिनयको रहरले फिल्ममा पुगेकी उनले त्यहाँ पुगेपछि अभिनेत्री बन्नलाई भने प्रयास नै गरिनन्। तर अब नेतृ बनेकी छिन्।

कर्णालीको आवाज बुलन्द गर्ने वाचा
विनिता रास्वपाबाट सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबाट एक्लो निर्वाचित सांसद हुन्। त्यसैले यो क्षेत्रका लागि पार्टीका तर्फबाट आफ्नो विशेष जोड रहने उनी बताउँछिन्। ‘म कुना-कन्दराको आवाज संसदमा पुर्‍याउनेछु,’ उनले भनिन्। चुनावी अभियानमा उनीसँग जम्मा ८ जनाका समूह थियो। ‘सबै जना अल्लारे थिए। कोही ठूलो मान्छे पत्याएर हामीसँग हिँडेन। सबैले चुनाव भाटाकुटीको खेल होइन भने,’ उनी भन्छिन्, ‘संसद् बुढापाकाको हाई काढ्ने ठाउँ होइन।’ 

जुम्लाबाट उनको पार्टीको प्रत्यक्षमा कोही उम्मेदवार थिएन। समानुपातिक लागि भोट माग्न विभिन्न ठाउँमा गइन्। उनले आफ्नो जन्मभूमिको दु:ख नजिकबाट नियालेकी छिन्। ‘दुई छाक खानसम्म नपाएको कुराले निकै मन पोलेको छ। संसद्‌मा ठूल्‌ठूला कुराभन्दा पनि स्वास्थ्य, शिक्षा र रोजगारीका विषयमा म बोल्नेछु। पहल गर्नेछु र कर्णालीका हरेक दु:ख र सुखका लागि म साथमा हुनेछु।’ 

उनलाई अब जनतासँग अझ प्रत्यक्ष जोडिन मन छ। हरेक महिनाजसो समयले भ्याएसम्म जिल्लामा जाने पनि प्रतिबद्धता जनाएकी छन्। 

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १३:२७
  • #नयाँ सांसद्
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्