• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

अर्जेन्टिनाका लागि विश्वकप जितको अर्थ

64x64
नेपाल लाइभ आइतबार, पुस ३, २०७९  ०८:५४
1140x725

त्यो बञ्जर मरभूमि अल–जानोबमा बसेका ४० हजार अर्जेन्टिनी समर्थक, जुन रंगशालामा आफ्नो देशको खेल हुन्छ, त्यो पुरै रंगशालालाई स्वतस्फूर्त रूपमा हल्का निलो र सेतो रंगमा सजाउने गर्छन र आफ्नो टिमको जितको उत्सव मनाउँछन्। 

प्रतियोगिताको प्रारम्भिक समयमा माटी टेकलास नाम गरेका एक अर्जेन्टिनी संगीतकारले कोलम्बियाको कम्बिया संगीत किबोर्डमा बजाएका थिए, जुन किबोर्ड उनका साथीहरूले भाडामा ल्याएका थिए। उनको संगीतले थुप्रै अर्जेन्टिनीलाई आकर्षित गर्यो, धेरै देशबासीहरू उनको भूइँतला कोठामा मात्र होइन, बाहिर भेला भए। उनीहरूले नै माटी टेकलासको यो संगीतलाई सडकमा लैजाने निर्णय गरे। 

अहिले उनको यो संगीत अर्जेन्टिनीहरूका लागि एउटा अनुष्ठान जस्तै भएको छ। ३५ वर्षीय टेकलास र उनको किबोर्डको हजारौं प्रशंसकहरू यतिबेला दोहाको आकाशमा उनको गीत ‘मुचाचोस, अहोरा नोस भोल्भिमोस अ इलुसियोनर’ (साथीहरू, अब हामीसँग फेरि आशा छ) भन्दै अर्जेन्टिनाको जितको उत्सव मनाइरहेका छन्। 

argentina11671334566.jpg

‘यो हाम्रो पहिचान हो,’ आफ्नो भाईसँगै अल–जानोबमा भेटिएकी २५ वर्षीय भालेन्टिना भनिरहेकी थिइन, ‘यो टिमले हाम्रो प्रतिनिधित्व गर्छ र हामीले उनीहरूको। फुटबलले हाम्रो देशलाई गर्वान्वित तुल्याएको छ र हामी विश्वकपमा सधैं उपस्थित भएका छौं। हामी सधैं उनीहरूलाई पछ्याउँछौं, उनीहरू जहाँ गए पनि।’

माटी टेकलासकी भतिजी अगस्टिना गीतमा एकछिन लिओनल मेसीको बारेमा कुरा गर्न चाहन्छिन्, जुन ‘भामोस अर्जेन्टिना’ भनेपछि समाप्त हुन्छ।  

‘उसले (मेसी) हाम्रो लागि आशाको दियो बालेको छ, यद्यपि अरु कुरा हाम्रा लागि जतिसुकै गाह्रो भए पनि,’ उनी भन्छिन्। 

भालेन्टिनाले फुटबल मात्र होइन, अर्जेन्टिनामा फेरि सुरु भएको आर्थिक मन्दीको कुरा गर्न चाहिन। घर फर्किएपछि उनले सुपरमार्केटमा फेरि मूल्यबृद्धिको सामना गर्नु पर्नेछ। अहिले अर्जेन्टिनामा हरेक महिना मूल्यबृद्धि भइरहेको छ। यस वर्षमात्र मुद्रास्फीति दर सय प्रतिशतले बढेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

राजधानी ब्युनोस आयर्समा तीन प्रतिसतको मुद्रास्फीति नौलो कुरा भएन। सुपरमार्केटहरू फेरि लुटिने डर पनि छैन। 
 
‘यहाँ (कतार) आउन महंगो छ,’ ३० वर्षीय कार्लोसले भने, ‘तर मेसीले ट्रफी उचालेको हेर्न हामीले यो यात्रा गरेका हौं। पछि गएर हाम्रा छोराछोरी र नातिनातिनालाई यसबारे बताउने छौं।’

विश्वकप जित्दैछौं र यसलाई घर बोकेर लैजाउँछौं भनेर भित्री मनदेखि नै विश्वस्त अर्जेन्टिनीहरूको अपेक्षा पनि इंग्लिस खेलाडी जस्तै देखिन्छ। इंग्ल्याण्डले जारी विश्वकपमा ठूलो अपेक्षा राखे पनि उ प्रतियोगिताबाट बाहिरिएको थियो।  

‘हामी पनि सिग्मण्ड फ्रायड देशहरू जस्तै हौं, तपाईंहरूको इंग्ल्याण्ड जस्तै,’ ला नासियनका प्रतिष्ठित फुटबल स्तम्भकार इजेक्वेल फर्नान्डेज मुरेसले स्पोर्ट्समेललाई भने, ‘यो अहिले मनोवैज्ञानिक पीडा हो।’

यो जटिलताले ब्राजिललाई विशुद्ध साम्बा फुटबलको भूमिको रूपमा हेरिएको असुरक्षालाई विस्तार गरेको देखिदैन, जसका कारण ब्राजिलले पाँच र अर्जेन्टिनाले दुई पल्ट विश्वकपको ट्रफी उचाल्यो। अर्जेन्टिनीहरूले भन्न सक्छन्, उनीहरूले ब्राजिलभन्दा ६ वटा बढी कोपा अमेरिकाको उपाधि र दक्षिण अमेरिकी प्रतियोगिताको च्याम्पियन्स लिग मानिने कोपा लिबर्टाडोरेस जितेका छौं।

Xtrem

Xtrem

‘हामीबीच जहिल्यै प्रतिस्पर्धा हुन्छ,’ अर्जेन्टिनी पत्रकार फर्नान्डो सेज भन्छन्, ‘यो विश्वकपको मात्र कुरा होइन। हामीले गत वर्ष उनीहरूलाई माराकानामा कोपा अमेरिकाको फाइनलमा हराएका थियौं। त्यसैले ब्राजिलीहरू हामीसँग प्रतिस्पर्धा गर्न उद्देलित थिए तर उनीहरू छिट्टै घर फर्किए।’

गत महिना मेसीको अभिनयले सन् १९८६ देखि विश्वकप जित्न नसकेको अर्जेन्टिनालाई उपाधि दिलाउने अभियानमा लिओनल स्कोलानी र उनको खेलाडीहरू कति दबाबमा छन् भन्ने कुरा स्पष्ट पार्छ।  

हामीले साउदी अरेबियाविरूद्ध स्तब्ध भएको अर्जेन्टिना र नेदरल्याण्ड्सविरूद्ध फर्किएको अर्जेन्टिनाको रूप देखिसकेका छौं। एक साताअघि डरलाग्दो क्वाटरफाइनल खेलबाट अर्जेन्टिना प्रतियोगितामा फर्किएको थियो। 

argentina1671334649.jpg

अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीले ८० वर्षदेखि आफ्नो भूमिकालाई सकुसल निर्वाह गर्दे आइरहेको छ। यहाँका पूर्वराष्ट्रपति जुआन पेरोनले आफ्नो व्यक्तिगत महत्वकांक्षाका लागि फुटबल टोलीलाई चलाउन खोजेका थिए। 

गत विश्वकपमा अर्जेन्टिनी टोली फ्लप हुँदा राजधानी ब्युनोस आयर्समा मेसीको बारेमा कस्तो प्रतिक्रिया भएको थियो, त्यो कसैलाई सम्झाइरहनु नपर्ला। 

त्यतिबेला अर्जेन्टिनी पत्रिकाको शिर्षक थियो– क्युब्राडोस (ब्रोकन) र सिन अल्मा (आत्म बिना)। 

यसले केही अर्थ राख्दैन, विश्वकप सकिएपछि अर्जेन्टिनी खेलाडीहरू घरेलु फुटबलमा सक्रिय हुन्छन् कि हुदैनन्। ‘तर, जब राष्ट्रिय टोली खेलिरहेको हुन्छ। त्यतिबेला हामीलाई विश्वको सबैभन्दा बलियो देश हामी हौं भन्ने महसुस हुन्छ,’ फर्नान्डेज मुरेस भन्छन्, ‘यसपछि उनीहरू आफ्नो क्लबका लागि खेल्न जान्छन्, हामीलाई एक्लै छोडेर। हामीलाई उनीहरूको आवश्यकता छ तर उनीहरूले छोडेर गएपछि हामीलाई लाग्छ, उनीहरू देशद्रोही हुन्।’

तर, अल जानोबको कथा बेग्लै छ। सबै अर्जेन्टिनी आफ्नो देशको जितका लागि प्रार्थना गरिरहेका छन्। 

चार वर्षअघि रुसमा उनीहरू ३–० गोलले क्रोएसियासँग पराजित भएका थिए। तर, गत मंगलबार भएको सेमिफाइनलमा उनीहरूले पराजयको त्यो बदला ३ गोल हानेरै लिए। 

argentina31671334963.jpg

उनीहरू अन्तिम १६ मा फ्रान्ससँग ४–३ गोलले पराजित हुँदै बाहिरिएका थिए। अब हेर्न बाँकी छ, त्यो पराजयको बदलालाई आइतबार फाइनलमा उनीहरूले कसरी फर्काउने छन्?

रुसमा फ्रान्ससँग खेल्दा औसत अर्जेन्टिनीको उमेर ३० थियो, उसको तुलनामा फ्रेञ्च टिमको औसत आयु २५ वर्ष थियो। त्यतिबेला मेसीसँग खेल्ने चुनौती केही अर्जेन्टिनी खेलाडीका लागि निसास्सिए झैं भएको थियो। मैदानमा आफ्नो लय भेटाउन नसक्दा उनीहरू मेसीलाई बाहिर निकाल्न चाहन्थे। फरवार्ड पाउलो डिबालाले पनि यो कुरा स्वीकार गरिसकेका छन्। 

यसपालि मेसीले युवा खेलाडीको प्रतिनिधित्व गरिरहेका छन्। उनीसँग ताल मिलाउँदै युवा खेलाडी पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। 

अल–जानेबमा बसेका धेरै समर्थकको बुझाई छ, मेसी पनि डिएगो म्याराडोना जस्तै महान बन्ने अभियानमा छन्, यदी उनले विश्वकप ट्रफीलाई घर भित्र्याए भने।

तर, यी बुझाईमा पनि थुप्रै मतभेद छन्। पुराना अर्जेन्टिनीहरूका लागि म्याराडोना सधैं फुटबल देवता हुन्। फुटबलको जादुयी क्षमता र बिद्रोही भावनाले म्याराडोनालाई देवत्वकरण गरेको पुराना अर्जेन्टिनीहरूको बुझाई छ। 

‘म आवाज बिहिनहरूको आवाज हुँ,’ म्याराडोनाले एक पल्ट भनेका थिए। पत्रकार कार्लोस एरेसले म्याराडोनाको तुलना ‘९० को दशकको पेरोन, उत्तरआधुनिक नेतासँग’ गरेका थिए।

उनीहरू म्याराडोनाको खेल्ने शैलीलाई निकै रुचाउँथे। किनभने म्याराडोनाले एउटा औसत टोलीलाई सन् १९८६ को विश्वकपको फाइनलमा जर्मनीलाई हराउँदै विश्व च्याम्पियन बनाएका थिए।

अहिले कतारमा अर्जेन्टिनी समर्थकहरूको जमघट हुने अर्को ठाउँ हो, अल वक्राको समुन्द्रीतट, जहाँ जुआन कार्लोस असान आफ्ना तीन साथीसँगै बसेका छन्। उनी मेसीको २०२२ को कक्षाभन्दा म्याराडोनाको ८६ को कक्षा निकै तगडा भएको बताउँछन्। 

‘हामीले हेर्दै आएका सबै वर्षहरूमा योभन्दा राम्रो अर्जेन्टिनी टोली १९८६ मा मात्र देखेका थियौं,’ उनी भन्छन्, ‘मलाई आशा छ– हामीले सपना देखेका छौं, मेसीले कप उचाल्छन्। यसपछि हामी भन्न सक्छौं–तपाईको समर्पण र व्यवसायिकताका लागि धेरै धेरै धन्यबाद।’

अधिकांश अर्जेन्टिनी समर्थकहरू मेसीले आइतबार ट्रफी उचाले पनि डिएगो म्याराडोनासँग उनको समान तुलना कहिल्यै हुन नसक्ने बताउँछन्। 

जुआन कार्लोस आफ्नो हातले इसारा गर्दै भन्छन्, ‘मेसी यहाँ (उनले आफ्नो हात छातीमा राखे) छन्। तर, म्याराडोना यहाँ (आफ्नो हात टाउकोभन्दा माथि उठाउँदै) छन्।’

यसैबीच मुचाचोसका प्रस्तुतिहरूमा डुबेका अर्जेन्टिनी समर्थकहरू गहिरो राष्ट्रवादको भावनालाई प्रकट गर्दै कतारमा हिँडिरहेका छन्। गीतमा एउटा शब्द छ, ‘म अर्जेन्टिनामा जन्मिएको थिए, डिएगो र लिओनलको भूमि, फकल्याण्ड टापुका बच्चाहरू, जसलाई मैले कहिल्यै बिर्सने छैन।’

यो गीत समूह चरणको खेलमा मेक्सिकोलाई हराएपछि अर्जेन्टिनाको ड्रेसिङ रूममा पनि घन्किएको थियो। यतिबेला मेसी र उनका योद्धाहरूले नाच्दै र गाउँदै गरेको दृश्यावलोकन सार्वजनिक भएको थियो। 

argentina11671334566.jpg

यो सन् २००३ को रिमिक गीत हो। जसको वास्तविक बोल मुचाचोस, एस्टा, नोचे मे इम्बोराचो (केटाहरू हो, आज राति म रक्सी पिउनेछु) हो। जुन गीत ह्दयघातको विषयलाई लिएर बनाइएको थियो। तर, यतिबेला अर्को प्रायोजनका लागि देशवासीहरू झुमिरहेका छन्। 

‘यो अर्जेन्टिनी पारा हो, वर्षोदेखि, धेरै मानिसका लागि, अझ भनौं यहाँ जमघट भएका ३० हजारदेखि ४० हजारसम्मका समर्थकहरूका लागि,’ ज्याज भन्छन्, ‘तर, यो विशेष विश्वकपका लागि हो किनभने अर्जेन्टिनीहरूले निकै कष्ट उठाएका छन्। लामो यात्रा, साच्चै भन्नुभर्दा महंगो, अति नै महंगो यात्रा। घर फर्किन निकै गाह्रो पर्नेछ। यसपालिको जित हाम्रो लागि विशेष हुनेछ।’ 

यस्ता दर्शकहरूको सपनालाई सत्य सावित गर्न मेसी र उनको योद्धाहरू आइतबार लुसेल रंगशालामा उत्रिने छन्। कमजोर मुटु भएकाहरूका लागि पक्कै पनि फाइनल खेल हेर्नुको कुनै तुक छैन। 

–डेली मेलबाट


 

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  ०८:५४
  • #WorldCup2022
  • #WorldCupQatar
  • #messi
  • #Argentina

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बूढीगण्डकीमा बाढीले तीन पालिकामा घर तथा पुलमा क्षति, पाँच गोठाला सम्पर्कविहीन
पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने
बूढीगण्डकीमा पानीको सतह खतराको तहभन्दा माथि, ६ जिल्लाका बासिन्दालाई सतर्क रहन आग्रह
सम्बन्धित सामग्री
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट महान् खेलाडी मेसीको भावुक विदाइ अर्जेन्टिनाका फुटबल स्टार लिओनल मेसीले बुधबार बेनिनविरुद्धको मैत्रीपूर्ण खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिएका छन्। ब्युनस आय... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
बूढीगण्डकीमा बाढीले तीन पालिकामा घर तथा पुलमा क्षति, पाँच गोठाला सम्पर्कविहीन आइतबार, असोज २५, २०८३
पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने आइतबार, असोज २५, २०८३
बूढीगण्डकीमा पानीको सतह खतराको तहभन्दा माथि, ६ जिल्लाका बासिन्दालाई सतर्क रहन आग्रह आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीलाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन संयन्त्र परिचालन आइतबार, असोज २५, २०८३
बूढीगण्डकीमा तीन चरणमा बाढी : आरूघाटमा दोस्रो बाढीले खतराको तह पार गर्‍यो, साँझसम्म सतर्क रहन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्