काठमाडौं– पेट्रोलियम पदार्थको कूल्य घटेको छ। नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको हो।
प्रतिलिटरमा तीन रुपैयाँ घटाइएको नेपाल आयल निगमले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। अब पेट्रोलेको मूल्य उपत्यकामा प्रतिलिटर १७८ रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर १७५ रुपैयाँ पर्नेछ। यसअघि पेट्रोलको भाउ लिटरको १८१ र डिजेल तथा मट्टीतेलको १७८ रूपैयाँ थियो।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार भाउ कम गरिएको निगमले जनाएको छ। एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ। त्यस्तै हवाइ इन्धन (आन्तरिक) को मूल्य लिटरको १९० रूपैयाँ छ।
निगमका अनुसार आइओसी र नेपाल सरकारको गरेर अझै १९ अर्ब रूपैयाँ ऋण तिर्न बाँकी छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।