• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संशयमा शेखरको मौनता

64x64
किशोर दहाल शुक्रबार, पुस १, २०७९  ०७:१३
1140x725

काठमाडौं– मोरङ- ६ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको केही दिनपछि विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरेका थिए, कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले। त्यसैक्रममा पत्रकारहरुले संसदीय दलको निर्वाचन लड्ने महामन्त्री गगन थापाको घोषणा र प्रधानमन्त्रीमा कोइरालाको चाहनाबारे सोधेका थिए। तर अमूर्त जवाफ फर्काए।

‘चाहना भएर मात्रै हुने होइन। संसदीय प्रणालीमा नम्बरको गेम पनि हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ मानिसहरुले। सबैले बुझ्न जरुरी छ,’ उनको भनाइ थियो, ‘नम्बर गेम जसले पुर्‍याउन सक्छ। संसदीय दलको नेता हुनुपर्‍यो नि त पहिले।’

कांग्रेस संसदीय दलको समीकरण कोइरालामैत्री देखिएको छैन। तर, संसदीय दलको नेता बन्नका लागि प्रतिस्पर्धा गर्ने मनस्थितिमा छन् उनी। विराटनगरमा पत्रकारहरुलाई काठमाडौं गएर सभापति, वरिष्ठ नेता र अन्य नेताहरुसँग छलफल गर्ने बताएका उनले केही समययता आन्तरिक छलफल गरिरहेका छन्। त्यसमार्फत् कांग्रेसभित्रको मनस्थिति बुझ्ने प्रयत्न गरिरहेका छन्।

संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्ने प्रयत्न गरिरहेका उनले सार्वजनिक रुपमा भने आफ्ना निम्ति अपिल गर्ने आँट गर्न सकेका छैनन्। अर्को कुनै उम्मेदवारका निम्ति खुला हुने विकल्प पनि गुमाउँदै गएका छन्। विस्तारै उनी त्यस्तो ठाउँमा पुग्दैछन्, जहाँ उभिएर बोल्नु र नबोल्नुको अर्थ हुनेछैन।

गुमेको विकल्प
कांग्रेसको १४ औं महाधिवेशनमा कोइरालाले सभापतिमा प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला उनले ‘एक पटक, यसै पटक’ र ‘सभापति बनेँ भने प्रधानमन्त्री बन्दिनँ, अरुलाई नै अवसर दिन्छु’ भन्ने नारा/अभिव्यक्ति सार्वजनिक गरेका थिए। जसका कारण दोस्रो र तेस्रो तहका नेताहरु आकर्षित भएका थिए। उनको छवि पनि पदको लोभ नगर्ने, तर कांग्रेसको पुनर्जागरणका लागि प्रतिबद्ध नेताको रुपमा प्रस्तुत भएको थियो।

महाधिवेशनमा पराजयपछि कोइराला संस्थापनइतर समूहको मूल नेतृत्व भए। देउवाको ‘सहयोगी’ बनेका कारण रामचन्द्र पौडेलले गुमाएको ‘स्पेस’ कोइरालाले लिए। कांग्रेसमा देउवाको विकल्प खोज्न सक्रिय समूहको नेता बने। तर त्यसपछि उनले आफ्नो आगामी लक्ष्यका बारेमा मौनता साँधिरहे। त्यो मौनता निर्वाचनअघिसम्म पनि कायमै रह्यो।

गगन थापाले भन्दा अगाडि उनले आफू संसदीय दलको नेताका लागि प्रतिस्पर्धामा उत्रिने घोषणा गरेका भए परिस्थिति अलग बन्न सक्थ्यो। तर उनी मौन बसे। निर्वाचन जित्नासाथ पनि प्रष्टसँग घोषणा गरेको भए पनि परिस्थिति फरक हुनसक्थ्यो। उनी भने चाहना राख्ने, तर खुलेर घोषणा गर्न नसक्ने अप्ठ्यारो मनस्थितिबाट व्यतित भइरहे। अब त उनले न आफ्ना निम्ति माहोल बनाउने परिस्थिति देखिन्छ, न आम अपेक्षा अनुसार गगन थापाको पक्षमा उभिँदा प्राप्त हुने सम्मान पाउने परिस्थिति छ। बरु राजनीतिक इज्जत गुम्दै गइरहेको छ।

‘हाम्रो अपेक्षा उहाँ (कोइराला) ले महाधिवेशनमा बसेको आफ्नो छविलाई नै निरन्तरता दिनुपर्छ भन्ने हो। त्यसमै उहाँ र उहाँले नेतृत्व गरेको समूहको हित छ। तर उहाँ भने आफैं संसदीय दलको नेता बन्न प्रयत्न गरिरहनुभएको छ। यो प्रयत्नले उहाँको त्यो छविलाई धुमिल बनाउँछ,’ कोइराला संसदीय दलको नेतामा उठ्न नहुने धारणा राख्ने उनी पक्षका एक नेता भन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

लड्न र नलड्नुको अन्तर
अहिलेकै परिस्थितिमा संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धी बन्दा कोइरालाले पराजय भोग्नेमा उनी पक्षकै नेताहरु पनि ढुक्क छन्। उनले उम्मेदवारी दिनु भनेको देउवालाई सहयोग गर्नु बराबर हुनेमा पनि उनीहरु जानकार छन्। विपक्षी मोर्चामा बढीभन्दा बढी उम्मेदवार उभिँदा देउवालाई सहयोग पुग्ने त महाधिवेशनमै पुष्टि भइसकेको सन्दर्भ हो।

मूलतः महाधिवेशनयता कोइरालाले नेतृत्व गर्दै आएको संस्थापनइतर समूहमा पनि विभाजन हुनेछ। त्यसको नेतृत्वकर्ताबाट उनी बाहिरिनेछन्। पछिल्लो पुस्ताको बाटो छेक्ने र देउवालाई संसदीय दलको नेता बन्न सघाएको आरोप उनीमाथि लाग्नेछ। ‘त्यसपछि उहाँ कृष्ण सिटौलाजस्ता दुई चार जना नेता साथमा राख्ने र एक जनालाई मन्त्री बनाउन संघर्ष गरिरहने सानो गुटको नेतामा सीमित हुनुहुनेछ,’ ती नेता भन्छन्।

संसदीय दलको नेतामा नलड्दा उनको थप सम्भावना जीवितै रहन्छन्। संस्थापन इतर समूहलाई संस्थापन बनाउने र त्ससको अभिभावक बन्ने अवसर कायमै रहन्छ। तत्काललाई उनी गगन थापा र विश्वप्रकाश शर्मा जस्ता महामन्त्री रहेको समूहको नेता बन्न सक्छन्। १५औं महाधिवेशनमा सभापतिको पुनः उम्मेदवार बन्न सक्छन्।

‘कोइरालाले आफू पछि हटेको र गगनलाई संसदीय दलको नेताका लागि समर्थन गरेको भन्नासाथ कांग्रेस संसदीय दलको निर्वाचनको माहोल नै फरक हुन्छ,’ उनी भन्छन्, ‘त्यसले हाम्रो समूह एकताबद्ध रहेको सन्देश मात्रै दिँदैन, मझधारका नेताहरुलाई पनि हामीतिरै आकर्षित गर्छ। महाधिवेशनपछि त यो समूह नै कांग्रेसको संस्थापन पक्ष बन्न सक्छ। कोइराला त्यसको नेता बन्न सक्छन्।’

गगन र विश्वप्रकाशलाई नेता मान्न अप्ठ्यारो मानिरहेको उनी पक्षकै नेताहरुकै उक्साहटमा कोइराला परिरहेको सो समूहकै नेताहरुको आकलन छ। तर उनीहरु ढुक्कसँग भने भन्न सक्दैनन्, कोइराला किन संसदीय दलको निर्वाचन लड्ने प्रयत्न गरिरहेका छन्!

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  ०७:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिममा रहेको, हिंसात्मक व्यवहार गरेको वा आफू तथा... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी सोमबार, असोज ५, २०८३
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्