काठमाडौं– फ्रेन्च राष्ट्रिय फुटबल टोली लगातार दोस्रो पटक विश्वकप जित्ने लक्ष्यमा पुग्दा फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोन साक्षी बनेका छन्।
कतारमा जारी विश्वकप फुटबलअन्तर्गत भर्खरै सम्पन्न सेमिफाइनलमा मोरक्कोलाई २–० ले हराउँदै दुई पटकको विजेता फ्रान्स सेमिफाइलमा प्रवेश गर्दा म्याक्रोन खेल भइरहेको अल बयात रंगशालामै थिए।
खेलको पाँचौ मिनेटमा नै थिओ हर्नान्डेजले गोल गर्दा उनले उठेर ताली बजाएका थिए। फेरि ७९ मिनेटमा रान्डल कालो मुइनीले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पार्दा उनी झनै खुसी देखिए।
म्याक्रोन फुटबलप्रेमी हुन्। चार वर्षअघि रुसमा भएको विश्वकप फ्रान्सले जित्दा पनि राष्ट्रपति म्याक्रोन साक्षी बनेका थिए। यो पटक फ्रान्स लगातार दोस्रो पटक उपाधि जित्ने दाउमा छ। त्यसका लागि उसले अर्जेन्टिनासँग आइतबार अन्तिम भिडन्त गर्नेछ।
म्याक्रोनले सो खेल पनि हेर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।