काठमाडौं–कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा भर्खरै फ्रान्ससँग २–० ले पराजित भएको मोरक्कोले तेस्रो स्थानका लागि हुने प्ले अफका लागि क्रोएसियासँग भिड्ने भएको छ।
क्रोएसिया पनि मंगलबार राति सेमिफाइनलमा नै अर्जेन्टिनासँग ३–० ले हारेको थियो।
यी दुईबीचको खेल शनिबार राति ८ः४५ बजे हुनेछ। अर्जेन्टिना र फ्रान्सबीचको फाइनल भने आइतबार राति ८ः४५ बजे हुनेछ।
क्रोएसिया र मोरक्को समूह चरणमा पनि भिडेका थिए। सो खेल गोलरहित बराबरीमा सकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।