काठमाडौं– ट्राफिक नियम उलंघन गर्ने ३७ सय बढी सवारी साधनलाई एकैदिन कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशापथ तथा मातहतका कार्यालयबाट आइतबार मात्र ३ हजार ७ सय ६८ सवारी साधनमाथि कारबाही गरिएको हो। 
जसमा विभिन्न ट्राफिक उलंघन गर्नेहरुको संख्या ३ हजार २ सय ९७ रहेको छ। यस्तै मादक पदार्थ सेवन गरी सवारी चलाउने १५७ चालकमाथि कारबाही गरिएको ट्राफिक कार्यालयले जनाएको छ। 
यस्तै १३८ जनाले लेन तोडेका छन् भने रेड लाइट तोड्नेको संख्या ३९ रहेको छ। निषेधित क्षेत्रमा हर्न बजाउने ६९ र नम्बर प्लेट बिग्रिएका ६८ सवारीलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।  
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।