काठमाडौं– फिल्म हलहरूमा कतारमा जारी विश्वकप फुटबलका खेलहरू देखाए चलचित्र बोर्डले कारबाही गर्ने भएको छ।
बोर्डले शुक्रबार एक विज्ञप्ति जारी गर्दै फिल्म हलहरूले चलचित्र देखाउने अनुमति मात्र लिएकाले सोहीअनुसार चलचित्र मात्र देखाउन पाउने भन्दै भनेको नमाने कारबाही गर्ने चेतावनी दिएको हो।
विश्वकपको मौका छोपेर कतिपय फिल्म हलहरूले फुटबल खेल देखाउने टिकट नै वितरण गरेको सूचना आएको भन्दै त्यो गैरकानुनी काम हुने र त्यस्ता फिल्म हललाई कानुनअनुसार कारबाही गर्ने बोर्डले जनाएको छ।
बोर्डका अध्यक्ष भुवन केसीले फिल्म हललाई सम्बोधन गरेर शुक्रबार जारी गरेको विज्ञप्तिमा हलका मालिकहरूलाई इजापत्रको ख्याल गर्न पनि ध्यानाकर्षण गराइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।