दोहा– कतारमा जारी २२ औं संस्करणको विश्वकप फुटबललाई फ्यानको फेसनले थप रौनक दिएको छ।


फुटबलको सबैभन्दा ठूलो कुम्भमेला विश्वकपमा आफ्नो टोलीलाई समर्थन गर्न र हौसला बढाउन दर्शक तथा समर्थकहरू विभिन्न फेसनमा रंगशाला पुग्ने गरेका छन्।



जसलाई ‘फंकी’ फ्यान फेसन भनिन्छ।



झट्टै आँखा तान्न सकिने, पेन्ट्स ड्रेस, रंगीन मुहार बनाएर दर्शकहरू रंगशाला पुग्ने गरेका छन्।



दर्शकहरूले आफ्नो देशको राष्ट्रिय जनावरदेखि पंक्षीसम्म झल्कने प्रकारणका कपडा लगाएर आफ्नो टोलीको हौसला बढाउँदै आएका छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।