दोहा– इंग्ल्याण्डका डिफेन्डर केल वाल्करले आफूहरू केलियन एम्बाप्पेका लागि रातो कार्पेट ओच्छ्याउन नआएको प्रतिक्रिया दिएका छन्।
कतार विश्वकप फुटबलमा शनिबार क्वार्टरफाइनलअन्तर्गत इंग्ल्याण्ड र फ्रान्सको खेल हुँदैछ। फ्रान्सका स्ट्राइकर एम्बाप्पेको गति इंग्ल्याण्डका डिफेन्डरको टाउको दुःखाइ बन्नसक्ने आकलन भइरहेका बेला वाल्करले यस्तो प्रतिक्रिया दिएका हुन्।
एम्बाप्पे जारी विश्वकपमा ५ गोल गर्दै अग्र स्थानमा छन् । यसबारे वाल्करले भनेका छन्, ‘मैले एम्बाप्पेलाई बुझेको छु। र, उनलाई कसरी रोक्नुपर्छ मलाई थाहा छ। तर यसो भन्दैगर्दा मैले उनलाई होच्याएको भने गरेको होइन।’
यद्यपि, वाल्करले एम्बाप्पे उच्च लयमा रहेकाले एम्बाप्पेलाई रोक्न त्यति सजिलो नभएको स्वीकारेका छन्।
‘उनी उत्कृष्ट लयमा रहेका उत्कृष्ट खेलाडी हुन्। उनलाई रोक्नु सजिलो काम होइन। तर व्यवसायिक फुटबल खेलाडीका लागि त्यो असम्भव पनि होइन’, उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।