• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

यसरी देखिनेछ फेवामा माछापुच्छ्रेसँगै नेपाली झन्डाको प्रतिविम्ब

64x64
नेपाल लाइभ बुधबार, साउन २३, २०७५  ०५:०४
1140x725

पोखरा– पोस्टकार्ड वा फोटोहरुमा धेरै देखिन्छः फेवातालमा माछापुच्छ्रेको प्रतिविम्ब। धेरै स्वदेशी तथा विदेशी त्यही प्रतिविम्ब खोज्दै पोखरा आउँछन्। ड्यामसाइडको एकछेउँबाट मात्र देख्न सकिन्थ्यो– त्यो दृश्य। तर, प्रचारप्रसारको अभावमा धेरै पर्यटक फेवातालमा पोस्टकार्ड या फोेटोको जस्तै दृश्य नपाउँदा भने खिस्स पर्थे। त्यो स्थानबारे थाहा भइहाले पनि जान सक्ने अवस्था थिएन किनभने त्यो स्थान सर्वसाधारणका लागि खुल्ला थिएन।

क्षेत्रीय सिँचाइ कार्यालयको परिसरबाट मात्रै फेवातालमा माछापुच्छ्रेको प्रतिविम्ब देख्न सकिन्छ। अब सो स्थानमा पार्क बनाउने र सबै सर्वसाधारणका लागि खुल्ला गरी पर्यटक बढाउने महानगरले नीति लिएको छ। त्यति मात्रै नभएर त्यहाँ राष्ट्रिय झन्डा खडा गरेर फेवातालमा माछापुच्छ्रेसँगै नेपाली झन्डाको समेत प्रतिविम्ब देखाइने भएको छ।

पार्क बनाउन १ करोड रुपैयाँ रकम अनुमान गरिएको छ। जसमा प्रदेश सरकारको समेत आधा लगानी रहनेछ।

घाम दक्षिण भएका बेला फेवा तालमा सजिलै हिमाल र झन्डाको छाँया देख्न सकिने महानगरपालिकाका इन्जिनियर किसानसिंह गुरुङ बताउँछन्। ‘दिउँसो घाम र छाँयाको दिशा नमिल्ने भएकाले नदेखिन सक्छ तर दक्षिणतर्फ घाम गएका बेला सजिलै प्रतिविम्ब देखिन्छ,’ उनी भन्छन्। उनका अनुसार झन्डा  ठड्याउँदा वातावरणलाई समेत कुनै असर पर्ने छैन।

फेवातालको किनारमा ठडिने सो झन्डाको उचाइ ८० फिट अर्थात् २४ मिटरको हुनेछ। झन्डालाई बलियोसँग राख्न कुन विधि प्रयोग गर्ने भन्नेबारे सल्लाह भइरहेको इन्जिनियर गुरुङले बताए। उनी भन्छन्, ‘सिलिकन कपडा प्रयोग गर्ने, बेयरिङ राखेर फर्फराउने वा स्थिर राख्ने भन्नेबारे छलफल चलिरहेको छ।’ गुरुङका अनुसार झन्डाका लागि स्टिलको खम्बा प्रयोग गरिनेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

झन्डा राख्दा वातावरणीय पर्यावरणमा समेत ध्यान दिइएको छ। कुनै रुख काटिने छैनन्, उल्टै जगेर्ना गरिनेछ। इन्जिनियर गुरुङले योजनाबारे भने, ‘रुखमै अडेस लागेर हिमाल र झन्डाको प्रतिविम्ब हेर्न मिल्छ, रुखको तल जरामै बसेर हेर्न मिल्नेगरी पार्क बनाउँछौं। यसो गर्दा रुख पनि जोगिन्छ र दृश्य पनि हेर्न मिल्छ।’ 

ड्यामसाइडमा पार्क बनाउने परिकल्पना भने महानगरको होइन, ड्यामसाइड क्लबको हो। क्लबको परिकल्पनालाई महानगरले सहयोग मात्रै गरेको हो। ड्यामसाइडमा पार्क बनाउने र झन्डा गाड्ने महानगरको योजनामा प्रदेश सरकारले समेत सहयोग गर्ने भएको छ। 

‘सबै काम महानगरले गर्नेछ, प्रदेश सरकारले महानगरलाई ५० प्रतिशत खर्च बेहोर्ने गरी सहयोग गर्नेछ,’ प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले भने।

झन्डा राख्ने स्थान चयन र डिजाइनको नेतृत्व इन्जिनियर कमानसिंह गुरुङले लिएका छन्। जसको साजसज्जा सोफिया गुरुङको जिम्मामा छ। उक्त पार्क निर्माणको डिजाइन र स्टिमेट महानगरले पास गरी प्रदेश सरकारलाई बुझाइसकेको छ। ‘सबै काम योजना अनुरुप नै भयो भने ६ महिनामै काम सकिन्छ,’ इन्जिनियर गुरुङ भन्छन्।

पार्कमा मान्छे जान मिल्ने गरी पुल बनाइनेछ। पार्क र झन्डालाई सुरक्षित बनाउन ठूलो पर्खाल पनि लगाइनेछ। पार्कमा सिसाले बनेको ठूलो बहुउद्देशीय हलसमेत निर्माण गरिने गुरुङले बताए। 
‘त्यहाँ खानेपानीको ठूलो ट्यांकीसहित सेफ्टी ट्यांकी पनि बनाइनेछ,’ उनी भन्छन्।

प्रकाशित मिति: बुधबार, साउन २३, २०७५  ०५:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनचाँदीको मूल्य घट्यो
एमाले केन्द्रीय कमिटी बैठक सुरु
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद्
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
सुनचाँदीको मूल्य घट्यो मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक सुरु मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद् मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड महिला कबड्डीमा नेपालको रोमाञ्चक जित मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्