काठमाडौं– पारिवारिक कारणले विश्वकप फुटबल छोडेर घर गएका इंग्लिस फुटबलर रहिम स्टर्लिङ फेरि कतार फर्कने भएका छन्। फेरि विश्वकपमा सहभागी हुन शुक्रबारसम्ममा कतारको बेस क्याप्पमा पुग्ने इंग्ल्याण्ड फुटबल संघले जनाएको छ।
अनुहार लुकाएका हतियारधारी जबरदस्ती घरमा घुसपैठ गरेपछि कतारमा जारी विश्वकपमा सहभागी इंग्ल्याण्डका स्टार स्ट्राइकर स्टर्लिङ बीचैमा खेल छोडेर लण्डन फर्किनु परेको थियो।
प्रशिक्षक ग्यारेथ साउथगेटले आइतबार प्रि–क्वार्टरफाइनलअघि उनलाई लण्डन जाने अनुमति दिएका थिए। साउथगेटको निर्णयको विभिन्न टिकाटिप्पणी भएको थियो।
स्टर्लिङ खेल भइरहेकै राति दोहाबाट लण्डनका लागि उडेका थिए। खेलाडीका प्रवक्ताले चेल्सी फरवार्ड स्टार्लिङको प्रेमिका र बालबच्चा सरेस्थित घरमा बसिरहेको बेला बन्दुकधारी समूहले घरमा घुसपैठ गरेको खुलासा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।