• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

सुदूरपश्चिम महोत्सवः हरेक वर्ष दोहोरिँदै उस्तै माग

64x64
शेरबहादुर ऐर बिहीबार, मंसिर २२, २०७९  १४:५४
1140x725

धनगढी– धनगढी विमानस्थल कालोपत्रे गर्न कैलाली महोत्सव २०६३ मा ‘प्रति टिकट एक रुपैयाँ’ अभियान सञ्चालन भयो। सो अभियानका कारण विमानस्थल कालोपत्रे गर्न सरकार बाध्य त भयो, तर धनगढी विमानस्थल भने प्रादेशिक अन्तर्राष्ट्रिय विमानस्थल बन्न सकेन। 

कैलाली उद्योग वाणिज्य संघले २०६३ सालमा कैलाली महोत्सव सुरु गरेको थियो। हाल सुदूरपश्चिम महोत्सवका रुपमा हरेक वर्ष मंसिर २२ देखि पुस २ गतेसम्म सञ्चालन हुँदै आएको छ।

कैलाली महोत्सव सुरु गर्दैगर्दा समुद्घाटनका लागि प्रमुख अतिथि रहेका शेरबहादुर देउवालाई २१ किलोको माला लगाउँदै समग्र सुदूरपश्चिमको समृद्धिका लागि २१ बुँदे माग अघि सारिएको थियो।

महोत्सव सञ्चालनको १६औं संस्करणमा आइपुग्दासम्म पनि महोत्सव समुद्घाटन गर्न आउने प्रमुख अतिथिले १५ देखि १७ किलो भारको माला घाँटीमा बोक्नु परिरहेको छ, तर व्यवसायीले भने आफ्ना पुरानै माग दोहोर्‍याउने गरेका छन्। 

धनगढी विमानस्थलमात्र नभइ महासंघले प्रदेशमा क्षेत्रीय पर्यटन केन्द्रको स्थापना गर्नुपर्ने माग पनि सो बुँदामा राखेको थियो। झण्डै १५ वर्षपछि अर्थात् २०७८ सालमा तत्कालीन संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको पहलमा धनगढीमा नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालयको स्थापना भयो। तर, कर्मचारी व्यवस्थापन नहुँदा कार्यालय व्यवस्थित हुन सकेको छैन।

धनगढीमा २०६३ सालदेखि हुँदै आएको सुदूरपश्चिम महोत्सवको समुद्घाटनका लागि राष्ट्रपति, प्रधानमन्त्रीदेखि संघ सांसद र प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसमेत प्रमुख अतिथिका रुपमा सहभागी भइसकेका छन्। संघले हरेक वर्ष पुरानै मागलाई अघि बढाउँदै माग अनुसारको माला लगाउँदै आएको छ। तर अहिलेसम्म मागको भार नघट्दा यहाँका उद्योग व्यवसायीहरु नेतृत्वप्रति निराश छन्।

महोत्सवको उद्घाटनमा तत्कालीन राष्ट्रपति डा रामवरण यादव, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली, बाबुराम भट्ट्राईदेखि यस क्षेत्रको प्रतिनिधित्व गर्दै संघीय सांसद भएका लेखराज भट्ट, भीम रावल, नारदमुनि रानालगायतले प्रमुख अतिथिका रुपमा १७ देखि २१ किलोसम्मका मालाको भार बोकिसकेका छन्।

संघका निवर्तमान अध्यक्ष दीनेश राज भण्डारी भन्छन्, ‘प्रदेशको समग्र विकासका लागि हामीले २१ बुँदे माग लिएर अघि बढ्यौं। तर, नेतृत्व माग सम्बोधनमा गम्भीर बन्न सकेन्।’ उनले एक कार्यालयसमेत खोल्नका लागि दबाब र पहल गर्न नसक्ने यहाँका जनप्रतिनिधिले विकासका अजेण्डा पूरा गर्न नसक्ने बताए। 

Ncell 2
Ncell 2

उनले प्रदेशमा उद्योग, व्यवसायमा आशातित फड्को मार्न नसकेको बताए। सरकारले अहिलेसम्म विशेष आर्थिक क्षेत्रको काम पनि अघि बढाउन नसकेको उनको गुनासो छ। 

संघले सुदूरपश्चिम विश्वबिद्यालय, दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि क्याम्पस, क्षेत्रीय पर्यटन केन्द्रको स्थापना, खप्तड शुक्ला फाँटा घोडाघाडी जस्ता पर्यटकीय क्षेत्रको सम्र्वद्धन, औद्योगिक क्षेत्र र विशेष औद्योगिक प्याकेज, जडीबुटी प्रशोधन केन्द्र, शित गृह, दुग्ध प्रशोधन, चिनी मिल, विश्वबिद्यालय, सेती हाइड्रोपावर, गेटा विमानस्थललाई वैकल्पिक अन्तर्राष्ट्रिय मार्ग, सबै जिल्लामा पक्की सडक, सूचना प्रविधि, बहृमदेव सडक खण्ड, चिसापानीदेखि गड्डाचौकीसम्मका स्थानीय राजमार्गका बजारको जग्गा दर्ता, मेडिकल कलेज, प्रर्दशनी स्थल, नेपाल टेलिभिजनको प्रशारण केन्द्र र सुदूरपश्चिम सास्कृतिक संग्राहलय, क्षेत्रिय सभा/सम्मेलन गृह सञ्चालन लगायतका २१ बुँदे माग अघि सारेको थियो।

यसमध्ये विश्वविद्यालय, क्षेत्रीय पर्यटन केन्द्र स्थापना, खप्तड शुक्ला फाँटा घोडाघाडी जस्ता पर्यटकीय क्षेत्रको सम्र्वद्धन, सबै जिल्लामा पक्की सडक, मेडिकल कलेज, औद्योगिक क्षेत्र र विशेष औद्योगिक प्याकेज लगायतका योजनामा काम अघि बढेका पनि छन्। 

तर जडीबुटी प्रसोधन केन्द्र, शित गृह, दुग्ध प्रशोधन, चिनी मिल, सूचना प्रविधि, चिसापानीदेखि गड्डाचौकीसम्मका स्थानीय राजमार्गका बजारको जग्गा दर्ता, प्रर्दशनी स्थल, नेपाल टेलिभिजनको प्रशारण केन्द्र तथा सुदूरपश्चिम सास्कृतिक संग्राहलय, क्षेत्रिय सभा/सम्मेलन गृह सञ्चालन लगायतका स–साना माग अहिलेसम्म पनि सम्बोधन हुन नसकेको कैलाली उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष शंकर बोगटी बताउँछन्।

उनले भने, ‘स–साना काम त नेतृत्वले गर्न सकेको छैन भने यस क्षेत्रलाई आर्थिक समृद्धितिर लैजाने ठूला योजना अघि बउान सक्छन् भन्ने आशा छैन।’ 

पूर्व प्रध्यापक डा हेमराज पन्तले सुदूरपश्चिमका सम्भावना भाषणमै सिमित भएको बताए।  ‘तुलनात्मक रुपमा केही नभएको भने होइन, तर जुन किसिमले हुनुपर्ने थियो त्यो भएको छैन,’ उनले भने, ‘यहाँका हिमाल, नदीनाला, वन–जंगल, पर्यापर्यटनका सम्भावनायुक्त इोत्र छन्। यी चीजको सदुपयोगका लागि नेतृत्वले सोच्नुपर्ने हो।’

संघका निवर्तमान अध्यक्ष भण्डारीले प्रदेशका विभिन्न जिल्लाका सरोकारवाला व्यक्ति, विज्ञ लगायतको रायसुझावमा २१ बुँदे माग अघि सारेको बताए। उनले भने, ‘हामीले सारेको माग पूरा भएमा यस प्रदेशको आर्थिक स्तरमा सुधार, बेरोजगारी, गरिबी अन्त्यसँग प्रदेश समृद्धिको बाटोमा अघि बढ्ने छ।’ उनले सरकारको उदासिनताका कारण प्रदेशको विकास हुन नसकेको बताए।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १४:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
बुद्ध एयरको जहाज चरासँग ठोकियो उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन्। शनिबार, मंसिर १३, २०८२
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै, चार महिनामा १६ हजार पर्यटकले गरे भ्रमण अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मना... शनिबार, मंसिर १३, २०८२
पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास विकास संस्थासँगको सहकार्य एवं पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनम... शुक्रबार, मंसिर १२, २०८२
ताजा समाचारसबै
विशेष महाधिवेशनबाट निर्वाचित काँग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै बिहीबार, माघ १, २०८२
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो बिहीबार, माघ १, २०८२
रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : महासचिव पोखरेल बिहीबार, माघ १, २०८२
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकाले रोक्यो आप्रवासी भिसा बिहीबार, माघ १, २०८२
मार्बल बोकेको ट्रक पल्टिदा पाँच कामदारको मृत्यु, दुई घाइते बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्