काठमाडौं– स्पेन राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सर्जियो रामोसले मोरक्कोसँग पराजित हुँदै विश्वकपबाट बहिरिएका स्पेनिस खेलाडीहरूलाई सान्त्वना दिएका छन्। उनले सामाजिक सञ्जालहरूमामार्फत सहानुभूति दिएका हुन्।
रामोसले स्पेनले हारेको नभएर सिकेको बताएका छन्।
‘हाम्रा खेलाडीहरूमाथि गर्व छ। स्पेन हार्दैन, बरु सिक्छ। स्पेन लड्छ, ठक्कर खान्छ, तर उठ्छर अगाडि बढ्छ। हामी फेरि बलियो भएर आउनेछौं’ उनले फेसबुकमा लेखेका छन्।
पूर्वकप्तान रामोस प्रारम्भिक सूचीमा पर्नका बाबजुद विश्वकपका २६ सदस्यीय टोलीमा परेका थिएनन्। उनलाई स्थान नदिएको भन्दै स्पेनका मुख्य प्रशिक्षक लुइस एनरिकेको आलोचना भइरहेको छ।
विश्वकप जित्ने दाबेदार मानिएको स्पेन गएराति भएको खेलमा मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।