काठमाडौं– कैलालीको जोशीपुर गाउँपालिका–६ मा हसिया प्रहार गरी एक जनाको हत्या भएको छ। 
वडा नम्बर ६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको हसिया प्रहारबाट हत्या गरिएको प्रहरीले जनाएको छ। 
हसिया प्रहारबाट गम्भीर घाइते भएका पदमराजको उपचारका लागि टिकापुर अस्पताल लैजादै गर्दा मृत्यु भएको हो। 
हसिया प्रहारबाट ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन्। जयराजलाई थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ।
मृतक भण्डारीका भिनाजु नाता पर्ने ५० वर्षीय गौरीलाल ढुंगानाले हसिया प्रहार गरेका हुन्। उनी फरार छन्। उनको खोजीका साथै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।