• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

फुटबल खेलाडी बन्ने निशानको चाहना अधुरै

64x64
नेपाल लाइभ मंगलबार, साउन २२, २०७५  १५:३३
1140x725

भक्तपुर– 'आमा म एकछिन खेलेर आउँछु है' भन्दै प्रायः फुटबल खेल्न जाने काठमाडौँ महानगरपालिका–३२ काँडाघारी टाउन प्लानिङस्थित चमेली खड्काको ११ वर्षीय छोरा निशान खड्काको फुटबल खेलाडी बन्ने सपना अधूरै बनेको छ। 

स्कूलमा पनि फुटबलमा नै रुचि राख्ने र स्कूलबाट घर आएपछि पनि प्रायः खेल्न जाने बालक निशान शनिबार र बिदाको दिनमा पनि फुटबल खेल्नै दौडन्थे। आइतबार अपराह्न पनि त्यस्तै नै भयो। मृतक निशानका मामा रामकाजी सापकोटाका अनुसार आइतबार पनि स्कूल छुटेर उनी करीब सवा ४ बजे सिधै आमा चमेलीले सञ्चालन गरेको खाजा पसलमा आए। 

किताबको झोला पसलभित्र राख्दै स्कूल पोशाक खोलेर विश्वकपका बेलामा किनेको अर्जेन्टिनाको टिसर्ट लगाएर आमाले दिएको खाजा खाए। त्यसपछि वैदेशिक रोजगारीमा मलेशिया गएका बाबु गणेश खड्काले फोन गर्छु भनेकाले बाबुसँग कुरा गर्न पाइने भो भनेर मख्ख थिए। 

निशान अपहरण भएको दिनमा मात्रै अपहरणकारी सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय अजय तामाङ र नुवाकोट समरीका २४ वर्षीय गोपाल तामाङ तीन पटक पसलमा आएका थिए। घरमा रंग लगाउने काम गर्दै आएका यी दुवैले विगत तीन वर्षदेखि चमेलीकै खाजा पसलमा नियमित खाजा खाने गर्थे। 

उधारो खाजा खाने र कहिलेकाहीँ रकमसमेत सापट्टी चल्ने गरेको अपहरणकारीले चमेलीसँग लिएको ऋणसमेत नतिरी उल्टै छोरा अपहरण गरेर हत्या गरेका छन्। त्यस दिन पनि छोराले कर गरेकाले चमेलीले छोरा निशान र अपहरणकारी गोपाललाई मोबाइल किन्न पठाइन् । निशानकै साइकलमा दुबै गए र एक हजार २०० मा मोबाइल किनेर ल्याएपछि गोपाल आफैँले मोबाइलमा सिम राखिदिए। 

त्यसपछि निशानले आमालाई खेल्न जान्छु है आमा भनेर गयो। 'आमासँग खेल्न जान्छु भनेर बिदा लिएको त्यो क्षण उसको अन्तिम बिदाइ बन्नपुग्यो,' मामा सापकोटाले भने। छोरा खेल्न गएको केही क्षणपछि दुवै अपहरणकारी पनि पसलबाट निस्किए। सधैँ साढे ७ बजेसम्म खेलेर घर फर्कने निशान त्यस दिन साढे ८ बजेसम्म पनि नफर्किएपछि आमाले छिमेकीतिर खोजी गरेकि थिइन्। छिमेकीमा टिभी पो हेर्दै छ कि भनेर सोधीखोजी गर्दै गर्दा करीब ९ बजे चमेलीको नयाँ फोनमा घण्टी बज्यो। 

फोन उठाउने बित्तिकै अपहरणकारीले “तेरो छोरा हाम्रो कब्जामा छ, छोरा चाहिने भए ४० लाख ठीक पार, प्रहरीलाई खबर गरिस् भने ठीक हुन्न” भनेर फोन राखिदिएको चमेली बताउछिन्। पछि पटकपटक यताबाट फोन गर्दा पनि अपहरणकारीको फोन नउठेको र स्विच अफ छ भनेपछि आत्तिएकी उनले छिमेकी र नजिकै रहेको माइतीलाई बोलाएकी थिइन्।

बच्चा अपहरण भएको हल्लाखल्ला भएपछि छिमेकीले १०० मा फोन गरिदिएको केही बेरमै काँडाघाडी प्रहरी बिटबाट प्रहरी आयो भने त्यसको केही समयपछि महानगरीय प्रहरी अपराध महाशाखाका टोली आएको थियो। मृतक बालकका मामा भन्छन्, “पैसा दिन्छौँ कहाँ भेट्नेसम्म पनि भन्न पाइएन, पछि फोन नै नगरी भाञ्जाको हत्या गरे अपराधीले ।” प्रहरीको विभिन्न टोली बनाएर खोजी कार्यलाई रातभरि तीव्रता दिएको बताउँदै उनले आफैँ पनि राति ३ बजेसम्म एउटा टोलीमा बसेर भाञ्जाको खोजी गरेको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रहरीको अनुसन्धानअनुसार खाजाघरमा चमेलीले अपहरणकारीकै अगाडि मलेशियाबाट श्रीमानले पैसा पठाइदिएको सुनाएका थिइन। त्यही सुनेर फिरौती माग्न अपहरण गरेको र अपहरणपछि आफूहरु भाडामा बस्दै आएको मध्यपुरथिमि नगरपालिका–७ नगदेश बुद्ध विहारको तल श्याम लवटको घरमा लगेको अपहरणकारीले बताए। 

प्रहरीका अनुसार चिनजानकै व्यक्ति भएकाले अपहरणकारीसँग सजिलै उनीहरुको कोठामा पुगेका निशानकै अगाडि फिरौती रकम मागेपछि निशान कराएर चिच्याएको र पछि अपहरणको पोल खुल्ने डरले हत्या गरेका हुन्। हत्यापछि लवटकै निर्माणाधीन घरको डिपिसीभित्र गाडेर फरार भएको र खोजी गर्ने क्रममा सूर्यविनायक जंगलमा प्रहरीको गोली लागि दुवै अपहरणकारीको मृत्यु भएको थियो।

दुई छोरी र एक छोरालाई आमाको जिम्मा लगाएर मेलेशिया गएका गणेशले घटनाका बारेमा हिजो राति मात्रै थाहा पाएका थिए। मलेशियामा सँगै बसेका छिमेकी भाइले घटना हिजो दिउँसै थाहा पाए पनि उनले भने राति मात्रै थाहा पाएपछि मलेशियामै शोकमा डुबेका छन्। गत फागुनमा ४० दिनको बिदा लिएर नेपाल आएका गणेश गत चैत १३ गते मलेशिया फर्किएका हुन्। छोरा सँगको उनको अन्तिम भेट १३ गतेका लागि लेखेको रहेछ आफन्त भन्छन्। गणेश मलेशियाबाट आउँदो बिहीबार १:३० बजेको फ्लाइटमा नेपाल आउने भएका छन्। 

उता स्थायी घर मेलम्ची नगरपालिका–९ दोबाटो रातामाटामा रहेका निशानका हजुरबुबा दुर्गाबहादुर खड्का र आफन्त पनि शोकमा डुबेका छन्। नातिको हत्याको खबरले हिजो दिउँसैदेखि हजुरबुबा निकै पीडामा रहेको र आज मेलम्चीबाट काठमाडौं आइपुगेका परिवारका सदस्यले बताए। हिजो राति चमेलीलाई माइती घर लगिएको छ। चमेलीले होटल चलाउँदै आएको स्थानभन्दा केही माथि काँडाघारीमै बस्दै आएका माइतीमा पुगेपछि पनि चमेली र माइतीपक्ष शोकले रातभर जागै छन्। 

चमेलीका बुबा मीनप्रसाद सापकोटा आफैँ सम्हालिन सकेका छैनन्। नातिको सपना अधुरै भो भन्दै आफैँ रुँदै छोरीलाई सम्झाउने प्रयास गरिरहेका छन्। आज भने शवपरीक्षण गर्नुपर्ने भएपछि परिवारका अधिकांश व्यक्ति र टोल छिमेकका केहि व्यक्ति शिक्षण अस्पताल पुगेका थिए । 

यता कक्षा ६ मा निशान पढ्दै आएको स्कूल हाइल्याण्ड इङलिस स्कूल पनि आज बन्द गरिएको छ। आफ्नो स्कूलको विद्यार्थीको अपहरण गरी हत्या गरेको शोकमा स्कूल बन्द गरिएको प्रधानाध्यापक प्रल्हाद खड्काले बताए। स्कूलमा पनि फुटबल खेल्न नै धेरै मन पराउने निशान फुटबल खेलाडी बनेर देशको नाम राख्छु भनेर भन्ने गरेको खनाल सुनाउछन्। स्कूलमा कसैलाई नराम्रो व्यवहार नगर्ने, प्रायः सधैँ स्कूल आउने अनुशासित विद्यार्थी भएको बताउँदै निशानको हत्याले सिंगो स्कूल परिवार शोकमा डुबेको उनले बताए। मृतक निशानका बाबु गणेश आगामी बिहीबार १:३० बजेको फ्लाइटबाट नेपाल आएपछि बालकको सोहिदिन नै दाहसंस्कार गरिने उनका परिवारले जनाएको छ।  रासस
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०७५  १५:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनचाँदीको मूल्य घट्यो
एमाले केन्द्रीय कमिटी बैठक सुरु
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद्
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
सुनचाँदीको मूल्य घट्यो मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक सुरु मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद् मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड महिला कबड्डीमा नेपालको रोमाञ्चक जित मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्